भिजिट भिसा प्रकरण: धरौटी बुझाएर रिहा भए सहसचिव तीर्थराज भट्टराई « Khabarhub

भिजिट भिसा प्रकरण: धरौटी बुझाएर रिहा भए सहसचिव तीर्थराज भट्टराई


२६ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण प्रकरणमा मुछिएका सहसचिव तीर्थराज भट्टराई २५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्। विशेष अदालतले मागेको उक्त धरौटी रकम बुझाए बुझाएर भट्टराई रिहा भएका हुन् ।

अख्तियारले भट्टराईसहित ७ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको थियो भने उनीसहित तीनजनाविरुद्ध सम्पत्ति शुद्धीकरणको छुट्टै मुद्दा चलाइएको थियो। भ्रष्टाचारसम्बन्धी मुद्दामा ७९ लाख ८० हजार रुपैयाँ र सम्पत्ति शुद्धीकरणमा १ करोड ३ लाख ७९ हजार ६ सय रुपैयाँ बिगो निर्धारण गरिएको छ।

अख्तियारले पक्राउ गरी अदालतसमक्ष पेस गरेपछिको भोलिपल्ट विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट र सदस्य नारायणप्रसाद पौडेलको इजलासले भट्टराईलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। यद्यपि, न्यायाधीश दिल्लीरत्न श्रेष्ठले भने उनलाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने फरक मत प्रस्तुत गरेका थिए।

तर बहुमत इजलासको आदेशलाई कार्यान्वयन गर्दै भट्टराईले मागअनुसारको धरौटी रकम बैंक ग्यारेन्टीमार्फत बुझाएपछि रिहा भएका हुन्।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  ९ : ५४ बजे

पहिरोले मेची राजमार्ग अवरुद्ध

झापा – इलामको रोङ गाउँपालिका–४ बाखोरस्थित सडकखण्डमा पहिरो खस्दा मेची

‘एक्सनमा बालेन्द्र’ : काम गर्न नसके बिदा हुन मन्त्री र कर्मचारीहरूलाई निर्देशन

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारले यसअघिका कुनै पनि घटना र

कांग्रेस नेता खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- नेपाली कांग्रेसका नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर

रास्कोट नगरपालिकालाई अब ‘डिजिटल पालिका’ बनाइने

मान्म– रास्कोट नगरपालिकालाई ‘डिजिटल पालिका’ बनाइने भएको छ । कर्णाली