एमाले महाधिवेशन : प्यानल निर्माण गर्न ईश्वर पोखरेल छुट्टै छलफलमा « Khabarhub

एमाले महाधिवेशन : प्यानल निर्माण गर्न ईश्वर पोखरेल छुट्टै छलफलमा


२६ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


588
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शनिबारदेखि सुरु हुन लागेको नेकपा एमालेको ११ औं महाधिवेशनमा अध्यक्षमा लड्ने घोषणा गरेका बरिष्ठ उपाध्यक्षईश्वर पोखरेलले प्यानल नै खडा गर्ने भएका छन् । शुक्रबार साँझ उनले प्यानल निर्माणबारे आफ्नो पक्षसँग छुट्टै छलफल गरेका हुन् ।

‘हामी सहमति गरेर जाने पक्षमा छैनौं । आफ्नो तर्फबाट प्यानल घोषणा हुन्छ। तर यसबारे अहिले छलफल भइरहेको छ’, एक नेताले भने, ‘ईश्वर कमरेडको नाममा सहमति हुन्छ भने हामी सहमत गर्न तयार छौँ।’

यस्तै पोखरेल समुहबीच मनोनित गर्न लागेका महाधिवेशन प्रतिनिधिहरूको विषयमा पनि छलफल भइरहेको छ। एमाले केन्द्रीय कमिटी बैठकमा ओलीले एकलौटी रुपमा १०८ जना मनोनित सदस्यहरू राख्न खोजेपछि पोखरेल समूहले त्यसमा असन्तुष्टि जनाएको थियो।

त्यसपछि पोखरेलसम्मले छुट्टै लिस्ट बुझाएपछि ओली र पोखरेल दुईजना मिलेर यसको टुङ्गो लगाउने भन्दै बैठक सकिएको थियो। मनोनित प्रतिनिधिको विषयमा लामो समयसम्म छलफल भएको एमाले सचिवालयका नेताहरूको भनाइ छ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  १० : ०५ बजे

पहिरोले मेची राजमार्ग अवरुद्ध

झापा – इलामको रोङ गाउँपालिका–४ बाखोरस्थित सडकखण्डमा पहिरो खस्दा मेची

‘एक्सनमा बालेन्द्र’ : काम गर्न नसके बिदा हुन मन्त्री र कर्मचारीहरूलाई निर्देशन

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारले यसअघिका कुनै पनि घटना र

कांग्रेस नेता खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- नेपाली कांग्रेसका नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर

रास्कोट नगरपालिकालाई अब ‘डिजिटल पालिका’ बनाइने

मान्म– रास्कोट नगरपालिकालाई ‘डिजिटल पालिका’ बनाइने भएको छ । कर्णाली