जब अमिरले भने- ‘माँकसम म रोमान्टिक छु, विश्वास नभए मेरो दुई पत्निलाई सोध्नू’ « Khabarhub

जब अमिरले भने- ‘माँकसम म रोमान्टिक छु, विश्वास नभए मेरो दुई पत्निलाई सोध्नू’


२९ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड नायक अमिर खान अहिले फिल्म प्रचारमा दौडिरहेका छन् । उनी आफ्नो फिल्मको प्रचारमा भने हिडेका होइनन् । उनका छोरा जुनैदको अभिनित फिल्म ‘लवयापा’को प्रचारमा व्यस्त भएका हुन् ।

मुम्बईमा शनिबार ‘लवयापा’को ट्रेलर सार्वजनिक गर्न आयोजना गरिएको कार्यक्रममा अमिर पनि उपस्थित थिए । रोमान्टिक कमेडी जनरामा बनेको ‘अवयापा’बाट जुनैदको हलमा प्रदर्शन हुने पहिलो फिल्म हो । सोहीकारण छोरा फिल्म प्रचारमा उनी लागेको हो ।

रोमान्स र कमेडी खुराक भएको ट्रेलरपछि हेरेपछि अमिरले आफू पनि रोमान्टिक व्यक्ति भएको खुलाएका हुन् ।

अमिर रोमान्टिक भन्दा सन्देशमूलक फिल्ममा काम गर्न रुचाउँछन् । सार्वजनिक कार्यक्रममा उनी गम्भीर मुद्रामा देखिन्छन् भने तार्किक वहस गर्न माहिर मान्निछन् ।

अमिरले सार्वजनिक स्थानमा आफूलाई रोमान्टिक दाबी गर्नु आफैँमा नौलो कुरा थियो । उनले आफूलाई रोमान्टिक भनेर दाबी गर्दा सहज पत्याउने विषय थिए । यो कुरा अमिरले पनि महसुस गरे र सत्य हो भनेर विश्वास दिलाउने उनले कसमै खाए ।

उनले भनेका थिए, ‘वास्तवमा म धेरै रोमान्टिक छु । माँ कमस म बहुत रोमान्टिक व्यक्ति हुँ । मैले यो भन्दा अनौठो लाग्न सक्छ ।’

अब उनी रोमान्टिक हुन् होइनन् ? कसरी थाहा पाउने ? उनी रोमान्टिक छ÷छैन थाहा पाउन उनले रोमान्स गरेकासँग सोध्नुको विकल्प छैन । अर्थात् उनको पत्नी अथवा ग्रर्लफ्रेन्डलाई सोध्नु प¥यो ।

अमिरले भने ‘पत्नीलाई सोध्ने’ विकल्प दिए । उनले थपे, ‘म रोमान्टि प्रकारको व्यक्ति हुँ । यो कुरा मेरा दुई पत्नीलाई सोध्न सक्नुहुन्छ ।’

अमिरका दुई विवाह गरेका छन् । दुवै श्रीमतिसँग उनको डिभोर्स भइसकेको छ । हाल उनी फिल्म ‘दंगल’की कलाकार फतिमा सना शेखसँग प्रेम सम्बन्धमा रहेको चर्चा छ ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  १० : १० बजे

प्रधानमन्त्रीलाई मिराजले भने : जेन-जी आन्दोलनको बेइज्जत भयो, राजीनामा दिनूस्

काठमाडौं- एकजना जेन–जी अभियन्ता मिराज ढुङ्गानाले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको

माओवादी कार्यालयमा जनार्दनले फहराए प्रगतिशीलको झण्डा

काठमाडौं- गृहजिल्ला रुकुम पश्चिममा नयाँ राजनीतिक समीकरणसँगै नेता जनार्दन शर्माले

बेमौसमी वर्षाले सुनसरीमा धान उत्पादन घट्यो

धरान– बेमौसमी वर्षाका कारण यस वर्ष जिल्लामा धान उत्पादन घटेको छ

सरकारले पिसिएल नर्सिङलाई निरन्तरता दिने तयारी गरेको छ : मन्त्री गौतम

चितवन– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले सरकारले एसइई

निर्धारित समयमा निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले सबै दलहरूको सहमति र आम नागरिकको