स्वर्णलक्ष्मी सहकारी ठगीमा रविमाथि आजदेखि थुनछेक बहस « Khabarhub

स्वर्णलक्ष्मी सहकारी ठगीमा रविमाथि आजदेखि थुनछेक बहस


२९ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछामाथि आजदेखि काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस सुरु हुँदैछ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई आज १० बजे इजलासमा उपस्थित गराउने गरी हिजो न्यायिक हिरासतमा राख्न आदेश गरेको थियो।

लामिछानेमाथि हिजो बयान सकिए पनि थुनछेक बहस सुरु नभएपछि उनलाई हिरासतमा पठाइएको थियो। थुनछेक बहस नसकिँदासम्म लामिछाने जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा रहने छन्।

कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने ८४ दिन पछि गत बिहिवार ६५ लाख रुपैयाँ धरौंटी बुझाएर रिहा भएका थिए । कास्कीबाट छुटे पनि शुक्रबार जिल्ला अदालत, काठमाडौंमा स्वयं हाजिर हुने भनिए पनि समय अभावका कारण उनी हिजो काठमाडौं अदालतमा उपस्थित भएका थिए ।

रविमाथि गोर्खा मिडियामार्फत स्वर्णलक्ष्मी सहकारीका बचतकर्ताको पाँच करोड भन्दा बढी रकम अपचलन गरेको मुद्दा छ ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ७ : ५१ बजे

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी

चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने

काठमाडौं– सार्वजनिक निजी साझेदारीमार्फत चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माण एवम्

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारी

बागमती– बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने गरी

बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन-२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’

खोटाङ- नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन–२०८२

तनहुँ जलविद्युत् आयोजनाका प्रभावितबाट मुआब्जा माग

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित व्यास नगरपालिका– १३ बेलवासका स्थानीयले