कर्णालीका दुग्ध उत्पादक किसानलाई प्रोत्साहन | Khabarhub Khabarhub

कर्णालीका दुग्ध उत्पादक किसानलाई प्रोत्साहन


२९ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– तीन हजार बढी दुग्ध उत्पादक किसानलाई कर्णाली प्रदेश सरकारले प्रोत्साहनका लागि एक करोड २३ हजार रुपैयाँ उपलब्ध गराएको छ । प्रदेश सरकारले विनियोजित रकमबाट सात जिल्लाका दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरूप बैंक खातामार्फत भुक्तानी गरिएको छ ।

गत आर्थिक वर्ष २०८०–८१ मा कर्णालीका तीन हजार सात ७६ जना दुग्ध उत्पादक किसानलाई उक्त रकम दिइएको थियो । गत आर्थिक वर्षमा प्रदेशभर उत्पादन भएको ३७ लाख ९१ हजार चार सय २९ लिटर दूध उत्पादत भएको थियो । मन्त्रालयले आर्थिक वर्ष २०७८–७९ देखि कर्णालीका दूध उत्पादक किसानलाई उत्पादका आधारमा प्रोत्साहन रकम दिने निर्णय गरेअनुसार रकम वितरण हुँदै आएको छ ।

कर्णालीका दश जिल्लामा दुई प्रकारका मापदण्ड बनाएर अनुदान दिइँदै आएको छ । साविकको कर्णालीका कालीकोट, मुगु, हुम्ला, जुम्ला र डोल्पाका किसानलाई प्रतिलिटर १० रुपैयाँ उपलब्ध हुने गरेको छ ।

त्यस्तै साविकको भेरीका जाजरकोट, दैलेख, सुर्खेत र राप्तीका रूकुम पश्चिम, सल्यान किसानलाई प्रतिलिटर पाँच रूपैयाँका दरले अनुदान रकम दिने मापदण्ड बनाइएको छ । सबैभन्दा बढी प्रोत्साहनबापत पाउनेमा सुर्खेत रहेको छ । सुर्खेतमा दुई हजार ४१ किसानलाई २८ लाख ४८ हजार आठ सय ७५ लिटर दूधबापतको ४९ लाख २९ हजार अनुदान उपलब्ध गराएको छ ।

यस्तै, सल्यानका ६ सय ६१ किसानलाई प्रोत्साहनबापत तेह्र लाख ३४ हजार चार सय ८० रूपैयाँ प्रदान गरिएको छ । गत वर्ष सल्यानमा दुई लाख ६६ हजार आठ सय ९५ लिटर दूध उत्पादन भएको थियो । रूकुम पश्चिमका चार सय ७७ जना किसानले उत्पादन गरेको तीन लाख दुई हजार एक सय ८७ लिटर दूधबापत १५ लाख वितरण गरिएको छ ।

जाजरकोटमा ७१ जना किसानलाई चार लाख २२ हजार प्रदान गरिएको छ । जाजरकोटमा गत वर्ष ८४ हजार ४ सय ६ लिटर दूध उत्पादन भएको थियो । दैलेखमा दुई लाख १० हजार पाँच सय ३० लिटर दूध उत्पादन गर्ने चार सय ३४ जना किसानलाई अनुदानबापत दश लाख ५३ हजार प्रदान गरिएको छ ।

कालीकोटमा ७० हजार लिटर दूध उत्पादन गर्ने एक सय चार जना किसानलाई सात लाख अनुदान पाएका छन् । हुम्लाका आठ जना किसानलाई आठ हजार पाँच सय ३६ लिटर दूधबापत ८५ हजार प्रदान गरिएको छ । मुगु र डोल्पामा अनुदान दिन सात लाख विनियोजन गरिएको भए पनि यी जिल्लामा उत्पादन भएको दूधबारे जानकारी नआएको पशुपक्षी विकास निर्देशनायका कार्यालय प्रमुख कृष्णप्रसाद पङ्गेनीले जानकारी दिए । यी दुई जिल्लामा दूध डेरी तथा सहकारीले दूध बिक्री गरेको नपाइएपछि त्यहाँको विवरण नआएको उनको भनाइ छ ।

जुम्लामा दूध डेरी भए पनि किसानलाई रकम उपलब्ध गराउँदा आर्थिक हिनामिना हुने अवस्था आएपछि रकम वितरण नगरिएको पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्र बुढ थापाले जानकारी दिए । चालु आर्थिक वर्षमा यही शीर्षकमा प्रदेश सरकारले एक करोड २७ लाख बजेट व्यवस्थापन गरेको उनले बताए ।

कर्णाली प्रदेशभर वार्षिक गत आर्थिक वर्ष २०८०–८१ मा ७१ हजार दुई सय १७ मेट्रिकटन दूध उत्पादन भएको छ । मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार दुई लाख १७ हजार पाँच सय ९७ दहुना गाईभैँसीबाट उक्त मात्रामा दूध उत्पादन भएको हो ।

आर्थिक वर्ष २०८०–८१ को वार्षिक तथ्याङ्कअनुसार प्रदेशभर ६ लाख एक हजार पाँच सय १० गाई रहेकामा एक लाख १० हजार दुई सय २८ गाई दुहुना रहेका थिए । यस्तै, भैँसी र राँगाको सङ्ख्या दुई लाख ९५ हजार दुई सय ५२ रहँदा एक लाख सात हजार तीन सय ६९ भैँसी दुहुना रहेको मन्त्रालयले जनाएको छ ।

आर्थिक वर्ष २०८०–८१ मा गाईको दूध उत्पादन २४ हजार सात सय ६० मेट्रिकटन र भैँसीको दूध उत्पादन ४६ हजार पाँच सय ५७ मेट्रिकटन गरी जम्मा ७१ हजार दुई सय १७ मेट्रिकटन दूध उत्पादन भएको छ । कर्णालीमा एक सय ८० मेट्रिकटन दूध आयात गर्दा एक रू करोड ३७ लाख बाहिरिएको छ ।

कर्णालीमा लुम्बिनी प्रदेशको बाँके र बर्दिया जिल्लाबाट दूध आयात हुने गरेको छ । कर्णाली प्रदेशबाट ६ हजार चार सय १५ मेट्रिकटन दूध निर्यात गरेर ४२ करोड ९२ लाख ५० हजार निर्यात भएको छ ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ९ : ०७ बजे

ऊर्जामन्त्री भन्छन्- अब विद्युत् खेर जाने अवस्था रहँदैन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले अब देशमा

‘डार्क फाइल’ प्रकरण : छद्म नाममा प्रहरी कार्यालय छिरेका तिमल्सिना पक्राउ 

काठमाडौं–  ‘डार्क फाइल’ प्रकरणमा सिधाकुरा अनलाइनलाई ‘फेक अडियो’ उपलब्ध गराएको अभियोगमा

कृषिमन्त्रीले भने- कृषकलाई दिइने सहुलियत र सेवा प्रवाहमा क्रमिक सुधार भएको छ

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयको जिम्मेवारी सम्हालेको

संविधान संशोधनभन्दा समीक्षा गर्न आवश्यक : नेता नेम्वाङ

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का  नेता सुहाङ नेम्वाङ इलाम क्षेत्र

श्रावणको पहिलो सोमबार म्याग्दीको गलेश्वरधाममा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौं– म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा साउनको