मिथिलाञ्चलमा तिला सङ्क्रान्तिको रौनक « Khabarhub

मिथिलाञ्चलमा तिला सङ्क्रान्तिको रौनक


२९ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

जलेश्वर – मिथिलाञ्चल क्षेत्रमा तिला सङ्क्रान्ति (माघे सङ्क्रान्ति) पर्वको रौनक छाएको छ । मिथिलाञ्चलमा धूमधामसँग मनाइने यो पर्वको चहलपहल अहिले यहाँका गाउँ बस्तीमा सुरु भइसकेको जलेश्वर नगरपालिका(५ का संस्कृतिविद् ध्रुव राउतले बताए। 

यस पर्वमा मिथिलाञ्चलमा चिउरा, भुजा र तिलमा सक्खर हालेर बनाइएको लड्डु खाने चलन छ । साथै खिचडी र दही, चिउराको भोजन गर्ने चलन पनि रहेको जलेश्वर नगरपालिका–१ स्थित बाबा जलेश्वरनाथ महादेवका पूजारी उपेन्द्र पाठकले बताए। 

पर्व सुरु हुनुभन्दा अघि नै घरघरमा तिल, चिउरा र भुजा ल्याएर लड्डु बनाउने चलन रहेको जलेश्वर–८ की रेणु मण्डल बताउँछिन्।

यहाँका महिलाका समूहले एकले अर्कोलाई सहयोग गर्दै टोलभरिकै घरमा गएर चिउरा, भुजा र तिलमा सक्खर हालेर लड्डु बनाउने भएकाले पर्वको रौनक अहिले मिथिलाको गाउँ गाउँमा देख्न सकिने जलेश्वर-११ की कञ्चन बिच्छाले बताइन्।  

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  २ : १६ बजे

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक

मन्त्री गुप्ताले भने : अफवाह र अनर्गल आरोपबाट देशको भलो हुँदैन

काठमाडौं – युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आफ्नो अमेरिका

कांग्रेस विशेष महाधिवेशनमा जुलुसका लागि छ वटा रुट, यस्तो छ तालिका

काठमाडौँ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पुस २७ र २८

एनआरएनएले भन्यो : मन्त्री गुप्तालाई औपचारिक रूपमा नै आमन्त्रण गरिएको हो

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युवा तथा खेलकुद मन्त्री