‍अर्थसंक्षेप : चिकित्सकको तलब २ लाख ५० हजार बनाउन सिफारिस, शेयर बजार लगातार ओरालोमा « Khabarhub

‍अर्थसंक्षेप : चिकित्सकको तलब २ लाख ५० हजार बनाउन सिफारिस, शेयर बजार लगातार ओरालोमा


२९ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शेयर बजार तेस्रो दिन आज सोमबार पनि घटेको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.५४ अंकले घटेको छ । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले मालवाहक सवारी साधन भारवहन नियमनसम्बन्धी कार्यविधि-२०७४ लाई कडाइका साथ कार्यान्वयन गर्न आग्रह गरेको छ ।

नागरिक लगानी कोषको ३०औँ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बढ्दो बसाँइसराई र कृषि भूमिमा घर तथा आवास निर्माण गर्ने क्रममा वृद्धि भएपछि कोशी प्रदेशमा कृषि बालीले ढाकेको क्षेत्रफल घटेको छ ।

आजका आर्थिक समाचार :

शेयर बजार लगातार ओरालो, कारोबार कति ?

शेयर बजार तेस्रो दिन आज सोमबार पनि घटेको छ। सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.५४ अंकले घटेको छ । आज नेप्से ०.५९ अंकले घटेर २५९४.१३ विन्दुमा पुगेको छ । नेप्से घट्दा आइतबारको तुलनामा कारोबार भने बढेको छ । ६ अर्ब ६५ करोड ८ लाख ८३ हजार रुपैयाँ बराबरको १ करोड ३८ लाख ७० हजार ५७९ कित्ता शेयर किनबेच भएको छ ।

आज ६३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १७५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

चिकित्सकको तलब २ लाख ५० हजारसम्म सुनिश्चित गर्न सिफारिस

चिकित्सक लगायत सम्पूर्ण स्वास्थ्यकर्मीको सेवा सुविधामा न्यूनतम सरकारीसरह एकरूपता कायम गर्ने लगायत तत्काल सुधार गर्नुपर्ने विषयमा अध्ययन गर्न बनेको समितिले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई प्रतिवेदन बुझाएको छ ।

मन्त्रालयका अतिरिक्त सचिव डा. टंक बाराकोटीको संयोजकत्वमा गठित समितिले सोमबार मन्त्री पौडेललाई प्रतिवेदन बुझाएको हो । समितिले चिकित्सकको मासिक तलब एक लाखदेखि २ लाख ५० हजारसम्म सुनिश्चित गर्न सिफारिस गरेको छ।

उद्घाटन नहुँदै भासिएको कमला पुल अलपत्र, सर्वसाधारणलाई सास्ती

पछिल्लो समय मन्त्री भएपछि विकास निर्माणको आवश्यकता र प्राथमिकता भन्दा आफ्नो निर्वाचन क्षेत्रमा अर्बाैको बजेट लाने प्रवृत्ति मौलाएको छ ।

तर, लाखौं नागरिकको हितका लागि गर्नुपर्ने विकासका काम नेतृत्व र मन्त्रीहरूको नजरमा पर्दैन । यसको प्रत्यक्ष उदाहरण हो धनुषा र सिरहाको सिमाना भएर बग्ने कमला नदीको पुल । पुल अभावमा यस क्षेत्रका स्थानीयले पुस्तौदेखि भोग्दै आएको पीडा अझै उस्तै छ ।

मधेस प्रदेशको ‘लाइफ लाइन’ मानिने कमला पुल चार सय ७० मिटर लामो छ । पूर्व पश्चिम हुलाकी राजमार्ग अन्तर्गत धनुषा र सिरहाको सिमाना भएर बग्ने कमला नदीमा १३ वर्ष अघि सुरु भएको पुल निर्माणको काम अझै पुरा हुन सकेको छैन ।

पुल अभावमा यस भेगका नागरिकलाई आउजाउ गर्न डुंगाको सहारा लिनुपर्ने बाध्यता छ भने हिउँदमा अस्थायी बाँसको पुलको भर छ ।

मालवाहक सवारी साधन भारवहन कार्यविधि कार्यान्वयन गर्न माग

नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले मालवाहक सवारी साधन भारवहन नियमनसम्बन्धी कार्यविधि–२०७४ लाई कडाइका साथ कार्यान्वयन गर्न आग्रह गरेको छ।

महासङ्घद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा ७२ घण्टे प्रवेश पास खारेज गर्न माग समेत गरिएको छ । महासङ्घका महासचिव राजेन्द्रविक्रम बानियाँले भन्सार विन्दुमा नै नेपालको कानुनले तोकेको भारवहन क्षमता जाँच पास गर्ने अधिकारीलाई जिम्मेवार बनाउन आग्रह गरे।

नागरिक लगानी कोषको १३ प्रतिशत लाभांश पारित

नागरिक लगानी कोषको ३०औँ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०८०-८१ को नाफाबाट १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

आज सम्पन्न साधारण सभाले गत आर्थिक वर्षको आम्दानी बाँडफाँट हिसाब विवरणमा छुटाइएको ८६ करोड ९० लाखबाट सात प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश स्वीकृत गरेको हो ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ६ : ०७ बजे

तनहुँ जलविद्युत् आयोजनाद्वारा ९२ योजना सम्पन्न

दमौली तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

इजरायलद्वारा १५० इरानी बालिकाको नरसंहारबारे छानबिन हुनुपर्ने राष्ट्रसंघको माग

तेहरा- संयुक्त राष्ट्रको मानवअधिकार कार्यालयले इरानमा भएको एक छात्रा विद्यालयमाथिको

उत्तर कोरियामा संसदीय निर्वाचन घोषणा

एजेन्सी- उत्तर कोरियाले यस महिनाभित्र आफ्नो सर्वोच्च जनसभाका लागि प्रतिनिधि

रास्वपाका अर्का उम्मेदवार पनि कर्जा सूचना केन्द्रको कालोसूची भेटिए

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिएका अर्का उम्मेदवार

सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गर्नेको प्रोफाइल राख्दै निशाले भनिन्- अब चुप बस्दिन

काठमाडौं– प्रतिनिधिसभा उम्मेदवार निशा अधिकारीले सामाजिक सञ्जालमार्फत आफूमाथि भइरहेको चरित्र