परराष्ट्रमन्त्रीको जवाफ : बीआरआई सम्झौतामा ‘ऋण’ भन्ने शब्द नै छैन « Khabarhub

परराष्ट्रमन्त्रीको जवाफ : बीआरआई सम्झौतामा ‘ऋण’ भन्ने शब्द नै छैन


२९ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले चिनियाँ सहयोग परियोजना ‘बेल्ट एण्ड रोड इनिसियिटभ (बीआरआई)’ सम्झौता ‘लोन’ अर्थात् ऋण नभएको बताएकी छन् ।

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा बोल्दै पराराष्ट्र मन्त्री राणाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा गत मंसिर १९ गते भएको सम्झौतामा ‘लोन’ नै नरहेको बताएकी हुन ।

‘प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा भएको बीआरआई सम्झौतामा ऋण लिनेबारे कुनै कुरा उल्लेख गरिएको छैन । जसरी ऋण लिनेगरी सम्झौता भयो भनिँदै आएको छ, यो तथ्यहीन छ,’ उनले सांसदहरूको प्रश्नको जवाफ दिँदै भनिन्,’सम्झौतामा ग्रान्‍ड र एड भन्ने शब्द मात्रै प्रयोग गरिएको छ, ‘लोन’ शब्द कहीँकतै छैन, सय पटक पढे पनि लोन शब्द भेटिन्न ।’

प्रधानमन्त्री केपी शर्मा ओली गत मंसिर १७ देखि २० सम्म चीन भ्रमणको क्रममा चीनसँग उक्त सम्झौता भएको थियो ।

उनले काठमाडौंमा राजनीतिक सहमति गरेर चीनमा एकरूपता कायम गरिएको पनि उनले बताइन् । चीनसँग भएको यो सम्झौताअनुसार नेपालमा बीआरआई अन्तर्गत भैंसी पालनका लागि चीनले एक खर्ब लगानी गर्ने गरी कार्यक्रम अघि बढिसकेको छ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  २ : ३२ बजे

हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण

दमौली– परम्परागत कृषि प्रणालीको संरक्षण तथा किसानलाई खेतीपातीप्रति थप प्रोत्साहित

मेसीका बुबा जर्ज अस्वस्थ, अफवाहको पछि नलाग्न परिवारको आग्रह

काठमाडौँ – विश्वप्रसिद्ध फुटबलर लियोनेल मेसीका बुबा जर्ज मेसी स्वास्थ्य

अबदेखि म्यानपावरले विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नुपर्ने

काठमाडौं– वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको हक, हित, सुरक्षा

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर– करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको सबैभन्दा

रास्वपा महाधिवेशन : थप शक्तिशाली बन्दै रवि

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन यही