‘नेपाल दुवै छिमेकीको प्राथमिकतामा छ, सार्क हामीले चाहेर मात्रै सक्रिय हुँदैन’ « Khabarhub

‘नेपाल दुवै छिमेकीको प्राथमिकतामा छ, सार्क हामीले चाहेर मात्रै सक्रिय हुँदैन’


२९ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालका दुवै छिमेकी देश भारत र चीनले नेपालसँगको सम्बन्धलाई महत्वसहित प्राथमिकतामा राखेका बताएकी छन् ।

संसद्‍को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा धारणा राख्दै मन्त्री डा. राणाले दुवै देशले नेपालसँगको सम्बन्धलाई प्राथमिकताका साथ महत्व दिएका बताइन् ।

उनले छिमेकी देशबाट नेपालसँग आवश्यक मात्रामा सम्वाद, सम्पर्क तथा अन्तक्रियाहरू भइरहेका पनि जानकारी दिएकी छन्।

‘विभिन्न द्विपक्षीय बैठकहरु, भ्रमण आदानप्रदानका साथै सम्पर्क र सम्वाद भइरहेको छ, नेपाललाई दुवै देशले विगतदेखि सहयोग गर्दै आउनुभएको छ’, उनले भनिन्, ‘यो सहयोग र सद्भावले आगामी दिनमा पनि निरन्तरता पाउने छ ।’

समितिमा पछिल्लो समय नेपालको कूटनीतिक सम्बन्धबारे सदस्यहरूले राखेका जिज्ञासामा उनी जवाफ दिन पुगेकी थिइन् ।

मन्त्री डा. राणाले सो बैठकमा अमेरिकामा भएको संयुक्त राष्ट्रसंघीय महासभाको ७९ औँ महासभामा प्रधानमन्त्री केपी शर्मा ओली र आफ्नो सहभागिता उपलब्धिमूलक रहेको बताइन् ।

प्रधानमन्त्री ओलीको चीन भ्रमण र आफ्नो भारत भ्रमणका क्रममा भएका समझदारी, सम्झौता तथा द्विपक्षीय भेटघाटबारे पनि उनी बोलेकी थिइन् ।

सार्क नेपालले मात्रै चाहेर सक्रिय हुँदैन

मन्त्री डा. राणाले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) नेपालले चाहेर मात्रै सक्रिय बनाउन नसकिने बताइन् । उनले सार्कलाई गति दिन पहल भने जारी राखिएको स्पष्ट पारिन् ।

‘हामीले मात्रै चाहेर सार्क सक्रिय बनाउन सकिने होइन । सार्कको बडापत्रमै सबै सदस्य राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखको सहमतिमा मात्र यसको शिखर सम्मेलन हुन्छ भनिएको छ’, उनले भनिन्, ‘सबै सदस्य राष्ट्रका तयार नभएकाले नै सार्कले गति नलिएको हो । तर पनि अध्यक्षका नाताले नेपालले पहल र प्रयास गरिरहेकै छ ।’

सार्कको शिखर सम्मेलन मात्र हुन नसकेको बताउँदै उनले अन्य कार्यक्रम र बैठक भइरहेका जानकारी दिएकी छन् । आफूले संयुक्त राष्ट्रसंघीय महासभाका क्रममा पनि सार्कका विदेशमन्त्रीहरूको बैठकका लागि पहल गरेको पनि उनले बताइन् ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ३ : ५९ बजे

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको