मिछन्द्रलाई हराउँदै नेपाल पुलिस क्लब विजयी « Khabarhub

मिछन्द्रलाई हराउँदै नेपाल पुलिस क्लब विजयी


२९ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल पुलिस क्लब विजयी हासिल गरेको छ । विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा यु १६ युथ लिगमा सोमबार मछिन्द्र फुटबल क्लबविरुद्ध २–१ को रोमाञ्चक जित दर्ता गरेको हो ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा पुलिसलाई जित दिलाउन समीर राई र नसीब हेन्जनले गोल गरेका थिए भने मछिन्द्रका लागि सौगातकुमार बोम्जनले जवाफी गोल गरेका थिए ।

खेलको पहिलो हाफमा २४औं मिनेटमा सौगातको गोलमार्फत मछिन्द्रले अग्रता लिए पनि खेलको ४८औं मिनेटमा समीरले पुलिसका लागि बराबरी गोल फर्काएका थिए ।

साथै, नसीवले ५८औं मिनेटमा गोल गर्दा पुलिस २–१ ले अगाडि बढ्न सफल भयो । जितसँगै पुलिसले तीन खेलमा सात अंक जोडन सफल भएको छ भने पराजित  मछिन्द्रको समान खेलबाट ६ अंकमा सिमित रहेको छ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ४ : ३० बजे

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा

देवघाटलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिँदै

चितवन– देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– केही दिनदेखि नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज भने