झ्याल ढोका बन्द गरेर अध्यादेशबाट सरकार चलाउनु अलोकतान्त्रिक : महासचिव गुरुङ  « Khabarhub

झ्याल ढोका बन्द गरेर अध्यादेशबाट सरकार चलाउनु अलोकतान्त्रिक : महासचिव गुरुङ 


२९ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले सरकारले ल्याउन लागेको अध्यादेशको विरोध जनाएका छन् । 

उनले संसद्को झ्याल ढोका बन्द गरेर अध्यादेशबाट सरकार चलाउने अलोकतान्त्रिक कदम बन्द गर्नुपर्ने समेत ध्यानाकर्षण गराए । 

उनले सोमबार ओली नेतृत्वको कंग्रेस–एमाले सरकारले संसद् छलेर अध्यादेश मार्फत केही नेपाल ऐन संशोधन गरी शासन चलाउने अलोकतान्त्रिक मार्ग तर्फ लागिरहेको आरोप लगाए ।  

संसद्को हिउँदे अधिवेशन बोलाउने समय भइसक्दा पनि अहिलेसम्म अधिवेशन आह्वान नगरेकोमा गुरुङले आपत्ति समेत जनाउ । 

संसद्मा दर्जनौँ विधेयकहरू ४ महिना देखि दराजमा थन्किएका छन्। त्यसैले अविलम्ब सदन को हिउँदे अधिवेशन आह्वान गरियोस्। गुरुङले भने, ‘जे जति ऐन कानुन निर्माण वा संशोधन गर्नु पर्ने छ, ती सबै सदन को लोकतान्त्रिक विधिबाट अगाडि बढाइयोस्। संसद्को झ्याल ढोका बन्द गरेर अध्यादेशबाट सरकार चलाउने अलोकतान्त्रिक कदम बन्द गरियोस्।’

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ५ : १३ बजे

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

मनाङमा अलपत्र १६ पर्यटकको उद्धार

लमजुङ– मनाङमा अलपत्र परेका १६ जना इन्डोनेसियाली पर्यटकलाई आज हेलिकप्टरबाट

देउवा समूहले पठाएको पत्रलाई अभिलेखमा राख्न तोकादेश

काठमाडौं– नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले पठाएको पत्रलाई

प्रतिमा गौतम कांग्रेस सहमहामन्त्रीको उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसकी नेत्री प्रतिमा गौतमले पार्टीको आगामी १५औँ महाधिवेशनमा