३६ दिनमा फिल्म ‘सोल्टिनी’को छायाङ्कन पूरा « Khabarhub

३६ दिनमा फिल्म ‘सोल्टिनी’को छायाङ्कन पूरा


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रकाश सपुत र परीक्षा लिम्बू प्रमुख भूमिकामा रहेको फिल्म ‘सोल्टिनी’को छायाङ्कन पूरा भएको छ । ३६ दिनमा यस फिल्मको छायाङ्कन पूरा भएको हो ।

भोजपुरको अन्नपूर्ण गाउँमा यसकाे अन्तिम छायाङ्कन गरिएको हो । ‘इन्ड क्ल्याप‘ दृश्यमा कलाकारहरू परीक्षा, सब्बु गुरुङ, कविता आले, सुजाता गुरुङ र प्रेम सुब्बाले अभिनय गरेका थिए ।

निर्देशक अर्जुन सुवेदीका अनुसार यस फिल्मको छायाड्कन इलाम र भोजपुरका विभिन्न क्षेत्रमा गरिएको छ ।

फिल्मको छायाङ्कन पूर्वनिर्धारित समयमै सकिए सुवेदीको भनाइ छ । उनी थप्छन्, ‘सशक्त स्क्रिप्ट, अनुभवी कलाकार र कुशल प्राविधिक टिम थियो । छायाङ्कन स्थलको राम्रो अवलोकन गरेका थियौँ । समयमै छायाङ्कन सकिनुको कारण यिनै हुन् ।’

अबको केही दिनमै सम्पादनको काम सुरु हुने उनी बताउँछन् । यस फिल्मको प्रदर्शन मिति भने २०८२ साल असोज ३ गतेलाई तोकिएको छ ।

यस फिल्मले समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावका विरुद्ध आवाजको कथा उठान गरेको बुझिएको छ ।

फिल्ममा प्रकाश र परीक्षासहित विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडालगायतको अभिनय रहेको छ । प्रकाश र परीक्षाको यो पहिलो सहकार्य हो ।

प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिने र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बनेको यो चलचित्रका निर्माताहरू रेजिना बिस्ट र संसार चौलागाईँ हुन् ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  ७ : ०२ बजे

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

काठमाडौं– विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट

विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका

क्षयरोग केन्द्र ठिमीबाट ग्यास वितरण, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं– नेपाल आयल निगमको समन्वयमा राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरको ठिमीमा

देउवाकै सभापतित्वमा १५औँ महाधिवेशन गर्ने इतर समूहको घोषणा, बढ्यो कांग्रेस विभाजनको जोखिम

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहद्वारा शुक्रबारदेखि आयोजित राष्ट्रिय भेला