ट्रम्पको पहलमा रुस-युक्रेन युद्ध विरामको सम्भावना « Khabarhub

ट्रम्पको पहलमा रुस-युक्रेन युद्ध विरामको सम्भावना

पुटिनसँगको फोन वार्तापछि ट्रम्पले भने- केही भूमि फिर्ता गर्नेगरी युद्ध विराम हुन्छ


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लाडिमिर पुटिनसँग तत्काल भेट हुन आशा राखेको बताएका छन्। दुई देशका नेताबीच भएको फोन वार्तामा युक्रेन युद्ध अन्त्य गर्ने सवालमा छलफल भएपछि साउदी अरेबियामा पुटिनसँग भेट हुन सक्ने ट्रम्पले बताएका हुन्।

साथै ट्रम्प र क्रेमलिनका प्रवक्ता डिमिट्री पेसकोभले फोन वार्तामा दुवै देशका नेता एक आपसको देश भ्रमण गर्न चाहेको समेत बताएका छन्। युक्रेनी राष्ट्रपति भालाडोमिर जेलेन्स्कीले पनि समकक्षी अमेरिकीसँग एक घण्टा लामो फोन वार्ता भएको बताएका छन्।

तीन वर्ष अघि युक्रेन कब्जा गर्ने उद्देश्यमा साथ रुसले पूर्ण शक्ति लगाएर आक्रमण गरेको थियो। सो आक्रमणपछि रुसले युक्रेनको चार हजार वर्ग किलोमिटर भन्दा बढी भूमि कब्जामा लिइसकेको छ। साथै त्यसै समयमा दुवै देशले हजारौँ जान गुमाइसकेका छन्। यसरी मारिने मध्य धेरै सेना छन्।

यस अघि सन् २०१४ मा नै रुसले युक्रेनबाट त्रिमिया लिएको थियो। यस पटक आक्रमण गर्दै पूर्वी सीमाको लुहान्सक र डोहन्सटेकसम्म पुगेको थियो। यसअघि अमेरिकी रक्षा मन्त्री पिटर हेगसेथले सन् २०१४ कै समयमा फर्कनु युक्रेनका लागि असम्भव भएको बताएका थिए। ट्रम्पले रुसले केही भूमि फिर्ता गर्ने गरी युद्ध विराम हुने समेत बताएका छन्।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  ५ : ५४ बजे

गगन थापाको घोषणा-‘कांग्रेसमा आजदेखि सबै गुट सकिए, अब कुनै समूह छैन’

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र रहेका सबै

तीनकुने आन्दोलनमा चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको

म्यादी प्रहरीको पोसाक खरिद छानबिनः १९ बुँदे कार्यविधि पारित

काठमाडौँ – निर्वाचन (म्यादी) प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी

भोटेकोशी–कालीगण्डकी करिडोर अध्ययन समितिको सभापतिमा पौडेलको मात्रै उम्मेदवारी

काठमाडौँ- राष्ट्रियसभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन