बिहीबार कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

बिहीबार कुन विदेशी मुद्राको विनिमय दर कति ?


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ ७४ पैसा र बिक्रीदर १३९ रुपियाँ ३४ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिदर १४ रुपियाँ ०६ पैसा र बिक्रीदर १४४ रुपियाँ ६८ पैसा तोकिएको छ।

यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७२ रुपियाँ ८५ पैसा र बिक्रीदर १७३ रुपियाँ ६० पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५२ रुपियाँ ३६ पैसा र बिक्रीदर १५३ रुपियाँ ०२ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ १६ पैसा र बिक्रीदर ८७ रुपियाँ ५३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपियाँ ०५ पैसा र बिक्रीदर ९७ रुपियाँ ४७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपियाँ ५५ पैसा र बिक्रीदर १०३ रुपियाँ निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ०४ पैसा र बिक्रीदर नौ रुपियाँ ०८ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ९८ पैसा र बिक्रीदर १९ रुपियाँ ०६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ९९ पैसा र बिक्रीदर ३७ रुपियाँ १५ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ०५ पैसा र बिक्रीदर ३८ रुपियाँ २२ पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ०६ पैसा र बिक्रीदर चार रुपियाँ ०८ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ७७ पैसा र बिक्रीदर चार रुपियाँ ०८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ०२ पैसा र बिक्री दर ३१ रुपियाँ १६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ५४ पैसा र बिक्रीदर नौ रुपियाँ ५९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपियाँ ७६ पैसा र बिक्रीदर रुपियाँ ८२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ ३२ पैसा र बिक्री दर १९ रुपियाँ ४० पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ८१ पैसा र बिक्रीदर १७ रुपियाँ ८९ पैसा, कुवेती दिनार एकको खरिददर ४४९ रुपियाँ ३० पैसा र बिक्रीदर ४५१ रुपियाँ २५ पैसा, बहराइन दिनार एकको खरिददर ३६८ रुपियाँ ०६ पैसा र बिक्रीदर ३६९ रुपियाँ ६५ पैसा र ओमनी रियाल एकको खरिददर ३६० रुपियाँ ३५ पैसा र बिक्रीदर ३६१ रुपियाँ ९१ पैसा निर्धारण भएको छ।

यस्तै, भारतीय रुपियाँ १०० को खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  ६ : ०५ बजे

राहुल भन्छन् : आन्दोलनरत विद्यार्थी आतङ्ककारी होइनन्, देशका भविष्य हुन्

काठमाडौं- भारतको लोकसभामा प्रतिपक्षी नेता राहुल गान्धीले आन्दोलनरत विद्यार्थीलाई आतङ्ककारीको

आन्तरिक एकतामा संस्थापन गम्भीर नभएको इतर पक्षको आरोप

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर पक्षले पार्टीको आन्तरिक एकताका लागि

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र मार्भल

आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल

काठमाडौं– आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन र स्वास्थ्य प्रणालीसँग एकीकृत