जनयुद्धको सार्वजनिक बिदा गैरकानुनी भएको सर्वोच्चको ठहर « Khabarhub

जनयुद्धको सार्वजनिक बिदा गैरकानुनी भएको सर्वोच्चको ठहर


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


585
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तत्कालीन नेकपा (माओवादी)ले २०५२ साल फागुन १ गते सशस्त्र युद्ध थालेको दिनलाई सार्वजनिक बिदा दिने केही स्थानीय तहको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेको छ ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका र बर्दियाको राजापुर नगरपालिकाले दिएको सरकारी बिदालाई सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत् गैर कानुनी भन्दै बदर गरेको हो ।

बिदाको बदर माग गर्दै रुकुमका चन्द्रशेखर केसीले दायर गरेको रिटमा पालिका, पालिकाका प्रमुख प्रशासकीय अधिकृत र पालिका अध्यक्षलाई विपक्षी बनाइएको थियो । उक्त मुद्दामाथि सुनुवाइ गर्दै न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले कारण देखाउसँगै बदर गर्न अन्तरिम आदेश दिएको हो । बिदाविरुद्ध रिट दायर गर्ने केसी द्वन्द्वकालमा माओवादीबाट बेपत्तापछि हत्या गरिएकी ज्योती केसी तथा हर्कसिंह खत्रीका छोरा हुन् ।

केसीले हत्या हिंसालाई जनयुद्धको उपमा दिइएको निवेदनमा उल्लेख गरेका थिए । रिट निवेदनमा उनले माओवादी हिंसाबाट पीडित रहेको उल्लेख गर्दै यसअघि सर्वोच्चबाट भएका आदेशलाई नजिर मानेर फागुन १ गतेको सार्वजनिक बिदा गैरकानुनी भएको दाबी गरेका थिए।

सरकारले औपचारिक रुपमा बिदा नदिए पनि केही स्थानीय तहले फागुन १ गते जनयुद्ध दिवसको अवसरमा बिदा दिने निर्णय गरेका थिए । रुकुमको बाँफीकोटसँगै धादिङको गजुरी र काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिकालेसमेत बिदा दिने निर्णय गरेका थिए ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  ७ : ५६ बजे

महाधिवेशनको परिणाम स्वीकार्छु, पार्टी छोड्दिनँ : ईश्वर पोखरेल

काठमाडौं- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेको एघारौँ महाधिवेशनको

सुरुमै धराशायी बन्यो काठमाडौंको ब्याटिङ, लुम्बिनीले पाँचौँ ओभरमै लियो ४ विकेट

काठमाडौं– नेपाल प्रिमिर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबार जारी

ईश्वर पोखरेलले भने : मैले झोंकमा उम्मेदवारी दिएको होइन, बैठकमै जानकारी गराएको छु

काठमाडौं- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफूले कुनै झोंकमा

निर्वाचनको परिणामलाई स्वीकार्छु, पार्टी छोड्दिन : ईश्वर पोखरेल

काठमाडौं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेको एघारौँ

ताराखोलाका तीन प्रयोगशाला प्रयोगविहीन

गलकोट– बागलुङको ताराखोला गाउँपालिकाका तीन प्रयोगशाला प्रयोगविहीन बनेका छन् ।