जनयुद्धको सार्वजनिक बिदा गैरकानुनी भएको सर्वोच्चको ठहर « Khabarhub

जनयुद्धको सार्वजनिक बिदा गैरकानुनी भएको सर्वोच्चको ठहर


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


585
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तत्कालीन नेकपा (माओवादी)ले २०५२ साल फागुन १ गते सशस्त्र युद्ध थालेको दिनलाई सार्वजनिक बिदा दिने केही स्थानीय तहको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेको छ ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका र बर्दियाको राजापुर नगरपालिकाले दिएको सरकारी बिदालाई सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत् गैर कानुनी भन्दै बदर गरेको हो ।

बिदाको बदर माग गर्दै रुकुमका चन्द्रशेखर केसीले दायर गरेको रिटमा पालिका, पालिकाका प्रमुख प्रशासकीय अधिकृत र पालिका अध्यक्षलाई विपक्षी बनाइएको थियो । उक्त मुद्दामाथि सुनुवाइ गर्दै न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले कारण देखाउसँगै बदर गर्न अन्तरिम आदेश दिएको हो । बिदाविरुद्ध रिट दायर गर्ने केसी द्वन्द्वकालमा माओवादीबाट बेपत्तापछि हत्या गरिएकी ज्योती केसी तथा हर्कसिंह खत्रीका छोरा हुन् ।

केसीले हत्या हिंसालाई जनयुद्धको उपमा दिइएको निवेदनमा उल्लेख गरेका थिए । रिट निवेदनमा उनले माओवादी हिंसाबाट पीडित रहेको उल्लेख गर्दै यसअघि सर्वोच्चबाट भएका आदेशलाई नजिर मानेर फागुन १ गतेको सार्वजनिक बिदा गैरकानुनी भएको दाबी गरेका थिए।

सरकारले औपचारिक रुपमा बिदा नदिए पनि केही स्थानीय तहले फागुन १ गते जनयुद्ध दिवसको अवसरमा बिदा दिने निर्णय गरेका थिए । रुकुमको बाँफीकोटसँगै धादिङको गजुरी र काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिकालेसमेत बिदा दिने निर्णय गरेका थिए ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  ७ : ५६ बजे

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको

सुनचाँदीको मूल्य क्रमशः घट्दै

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य दुई हजार २०० रुपैयाँ

तामाकोसी किनारमा युवती र बालक मृत फेला

काठमाडौँ– दोलखाको भीमेश्वर नगरपालिका-५ स्थित तामाकोसी नदी किनारमा एक युवती

चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणअन्तर्गत ४६०

कांग्रेसको मतगणना द्रूतगतिमा

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका