रेडक्रस खोटाङको सभापतिमा जोशी निर्वाचित « Khabarhub

रेडक्रस खोटाङको सभापतिमा जोशी निर्वाचित


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

खोटाङ– नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङको सभापतिमा ज्ञानेन्द्र जोशी निर्वाचित भएका छन् । अर्का उम्मेदवार कुमारसिंह बस्नेतलाई दोब्बर बढी मतले पराजित गर्दै जोशी दोस्रो कार्यकालका लागि सभापति निर्वाचित भएका हुन् ।

१२ औँ जिल्ला अधिवेशनअन्तर्गत बुधबार साँझ भएको निर्वाचनमा जोशीले ८१ मत ल्याएर विजयी हुँदा बस्नेतले ४० मत प्राप्त गरेका थिए । यस्तै, महिला उपसभापतिमा डिल्लीकुमारी आचार्य र खुला उपसभापतिमा भद्रबहादुर बस्नेत विजयी भएका थिए । आचार्यले ७० मत तथा बस्नेतले ४५ प्राप्त गरे ।

समितिको मन्त्रीमा छत्रकुमार बजिमय, कोषाध्यक्षमा लीलाबहादुर खत्री, उपकोषाध्यक्ष अशोक आचार्य, उपमन्त्रीमा कृष्णप्रसाद अधिकारी विजयी भएका छन् ।

तीनजना महिला सदस्यमा जोशी इन्दिरा बस्नेत, कमला रिजाल र उर्मिला दाहाल विजयी भए । यस्तै, सदस्यमा गोपाल राई, पुस्विन खत्री र किशोर श्रेष्ठ, रामचन्द्र केसी, कर्णबहादुर बस्नेत र यामबहादुर निरौला निर्वाचित भएका छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  ८ : २७ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा