पाथीभरा आन्दोलन प्रभाव : ग्लोबल आइएमईले बढायो ब्याजदर « Khabarhub

पाथीभरा आन्दोलन प्रभाव : ग्लोबल आइएमईले बढायो ब्याजदर


१ फाल्गुन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजदेखि लागू हुने वाणिज्य बैंकको व्यक्तिगत मुद्दतीतर्फको ब्याजदरमा ग्लोबल आइएमई बैंकले मात्रै ब्याजदर बढाएको छ ।

व्यक्तिगत मुद्दतीतर्फ माघ महिनामा अधिकतम ५.७५ प्रतिशत ब्याजदर दिएको ग्लोबल आइएमईले फागुन महिनामा भने बढाएर ६ प्रतिशत दिने भएको हो ।

पछिल्लो समय पाथीभरामा केबलकार बनाउने विषयसँग आएको विवादमा ग्लोबल आइएमई बैंकलाई समेत जोडेर आन्दोलनकारीले विरोध गरिरहेका छन् ।

आन्दोलनकारीहरूले ग्लोबल आइएमई बैंकसँगको आर्थिक कारोबार समेत नगर्न भन्दै अभियान सञ्चालन गरेका कारण सो बैंकले फागुन महिनाका लागि ब्याजदर बढाएको हुनसक्ने अनुमान छ ।

अरु सञ्चालनमा रहेका वाणिज्य बैंकमध्ये माघ महिनाको तुलनामा लक्ष्मी सनराइज बैंकले फागुन महिनाका लागि ब्याजदर घटाएको छ । माघ महिनामा व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ५.७५ प्रतिशत ब्याजदर दिएको सो बैंकले फागुन महिनामा भने ५.५ प्रतिशत मात्रै दिने भएको छ ।

सञ्चालनमा रहेका अन्य १८ वटा वाणिज्य बैंकहरूले भने व्यक्तिगत मुद्दतीतर्फ माघ महिनाका लागि तय गरेको ब्याजदरलाई नै कायम गर्ने जनाएका छन् ।

माघ र फागुन महिनाका लागि बैंकहरूले तय गरेको व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहिबार  ९ : १६ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली