म्याग्दीमा ग्रामीण सडकको स्तरोन्नति गरिँदै « Khabarhub

म्याग्दीमा ग्रामीण सडकको स्तरोन्नति गरिँदै


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको हाँडेभिर–बगरफाँट हुँदै भकिम्ली र बरङ्जा जोड्ने सात किलोमिटर ग्रामीण सडकको स्तरोन्नति १८ वर्षपछि प्रारम्भ भएको छ ।

बेनी नगरपालिका वडा नम्बर ३ भकिम्ली र ४ नम्बर वडा बास्कुनाका साथै मङ्गला गाउँपालिकाको वडा नम्बर २ र ३ मा उत्पादन भएका कृषिउपजलाई बेनीसम्म पु¥याउन र बेनीबाट खाद्यान्न, निर्माण सामग्रीलगायत उपभोग्य वस्तुहरु गाउँ ल्याउन सहज भएको छ ।

उक्त सडकअन्तर्गत बगरफाँट–दूधेखोला खण्डको तीन किलोमिटर ग्राभेल र दूधेखोलादेखि भकिम्लीतर्फको तीनसय ९० मिटर सडक ढलान गरिएको छ । गण्डकी प्रदेश सरकारको दुई करोडको लागतमा उक्त खण्डको स्तरोन्नति गरिएको पूर्वाधार विकास कार्यालयका सव–इञ्जिनियर रवीन चोखालले बताए ।

यो सडक बेनी नगरपालिकाको वडा नम्बर २ बगरफाँट, वडा नम्बर ३ भकिम्ली, मङ्गला गाउँपालिकाको ३ र ४ नम्बर वडाका बासिन्दा तथा पश्चिम म्याग्दीको मालिका गाउँपालिका– ५ ओखरबोटको सोलेडाँडा भएर बागलुङको तमान, लामेलासम्म विस्तार गर्ने लक्ष्य रहेको उनले जानकारी दिए ।

यस योजनाबाट बगरफाँटदेखि दूधेखोलासम्मको साढे दुई किलोमिटर सडकलाई आठ मिटर फराकिलो बनाएर ग्राभेलसहित स्तरोन्नति गरिने र दूधेखोलादेखि भकिम्ली जोड्ने खण्डमा तीनसय ९० मिटर ढलान गरिने छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  ११ : ३९ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा