रूसको दाबी- अब मंगल ग्रह ३० दिनमा नै पुग्न सकिन्छ | Khabarhub Khabarhub

रूसको दाबी- अब मंगल ग्रह ३० दिनमा नै पुग्न सकिन्छ


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

मस्को– रुस फेरि एकपटक अन्तरिक्ष दौडमा प्रवेश गरेको छ ।  रुसी सरकारी कम्पनी रोसाटोमले प्लाज्मा इलेक्ट्रिक रकेट इन्जिनको विकासमा महत्वपूर्ण सफलता हासिल गरेको घोषणा गरेको छ । यो कम्पनी परमाणु ऊर्जा र प्रविधिमा विशेषज्ञ छ ।

यो इन्जिनले पृथ्वीबाट मंगल ग्रहको यात्रा एकदेखि दुई महिनामा पूरा गर्न सक्ने कम्पनीको दाबी छ । प्लाज्मा रकेटहरूले परम्परागत ठोस वा तरल इन्धन दहनको आवश्यकतालाई हटाउँछन् । 

यसले चुम्बकीय प्लाज्मा एक्सेलेटर प्रयोग गर्दछ, जसका कारण अन्तरिक्षमा उच्च गति हासिल गर्न सकिन्छ र यात्राको समयमा ठूलो कमी आउन सक्छ। 

रुसको इज्भेस्टिया पत्रिकाले यस सम्बन्धमा जानकारी दिएको छ ।

रोसाटोमको वैज्ञानिक संस्थान ट्रोइस्कका कनिष्ठ अनुसन्धानकर्ता एगोर बिरुलिनका अनुसार  ‘प्लाज्मा रकेट एक प्रकारको विद्युतीय मोटर हो। यो दुई इलेक्ट्रोडमा आधारित छ । चार्ज गरिएका कणहरू तिनीहरूको बीचमा पार गरिन्छ र इलेक्ट्रोडहरूमा उच्च भोल्टेज पनि लागू हुन्छ। यो विद्युतीय प्रवाहले चुम्बकीय क्षेत्र सिर्जना गर्दछ, जसले कणहरूलाई इन्जिनबाट बाहिर धकेल्छ । 

यस प्रक्रियाबाट प्लाज्माले दिशा पाउँछ र थ्रस्ट उत्पन्न हुन्छ।’ यस प्रविधिमा हाइड्रोजनलाई इन्धनको रूपमा प्रयोग गरिन्छ। इन्जिनले यी कणहरूलाई १०० किलोमिटर प्रति सेकेन्डको गतिमा बढाउन सक्छ ।

बिजनेस स्ट्यान्डर्डको रिपोर्ट अनुसार मंगल र पृथ्वीबीचको औसत दूरी १४.२२ करोड ५० लाख किलोमिटर छ । यो दूरी ३० दिनमा पूरा गर्न रकेटलाई ३ लाख १३ हजार ८२२ किमी प्रतिघण्टाको गति चाहिन्छ। युरोपेली अन्तरिक्ष एजेन्सी र नासा सहित धेरै संस्थाहरूले भनिरहेका छन् कि सौर्यमण्डलका अन्य ग्रहहरूमा पुग्न लाग्ने यात्रा समयलाई कम गर्न प्रविधिमा काम गरिरहेका छौं । 

रिपोर्टका अनुसार रुसले विकास गरिरहेको प्लाज्मा रकेटको थ्रस्ट करिब ६ न्यूटन हुनेछ, जसले कणहरूलाई १०० किलोमिटर प्रति सेकेण्डको गतिमा अघि बढाउन सक्नेछ।

रुसको यो सफलताले मानव जातिलाई सौर्यमण्डल बाहिर यात्रा गर्ने अवसर पनि दिन सक्छ । रोसाटोम रिसर्च इन्स्टिच्युट, ट्रोइस्कका प्रथम उपमहानिर्देशक एलेक्सी भोरोनोभ भन्छन्, ‘अहिले हामीसँग भएका इन्जिनहरूसँग मंगल ग्रहमा पुग्न करिब एक वर्ष लाग्न सक्छ । यो धेरै समय अन्तरिक्ष यात्रीहरूका लागि खतरनाक हुन सक्छ किनभने उनीहरूले लामो समयसम्म ब्रह्माण्डीय विकिरणको सामना गर्नुपर्नेछ। प्लाज्मा इन्जिनले यात्रा समयलाई ३० देखी ६० दिनसम्म सीमित गर्न सक्छ।’ –न्युजकारखानाबाट 

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  १ : २७ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय