नेपाल समाजवादीको अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित | Khabarhub Khabarhub

नेपाल समाजवादीको अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) पार्टीको अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित भएका छन् ।

अध्यक्षका अर्का प्रत्याशी नेत्र चापागाईंलाई हराउँदै भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन् ।

जम्मा ८७३ मत खसेकोमा भट्टराईले ८ सय २ मत ल्याए । पराजित चापागाईँले ७१ मत ल्याएका छन् । मत गणना सकिए पनि अन्तिम मतपरिणाम नआएकाले तलमाथि हुन सक्ने बताइएको छ ।

भट्टराई अध्यक्षमा निर्वाचित भएको औपचारिक घोषणा बिहीबार साँझ ५ बजे पत्रकार सम्मेलनबाट गर्ने तयारी भएको नवनिर्वाचित उपाध्यक्ष मानुषी यमि भट्टराईले बताएकी छन् ।

काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानस्थित सिद्धिचरण हलमा औपचारिक घोषणा कार्यक्रम राखिएको छ।

त्यहाँ समाजवादीको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण कार्यक्रम राखिएको छ । त्यही कार्यक्रममा भट्टराईले सम्बोधन गर्ने तालिका तय गरिएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  ३ : ४९ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित