नेपाल समाजवादीको अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित « Khabarhub

नेपाल समाजवादीको अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) पार्टीको अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित भएका छन् ।

अध्यक्षका अर्का प्रत्याशी नेत्र चापागाईंलाई हराउँदै भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन् ।

जम्मा ८७३ मत खसेकोमा भट्टराईले ८ सय २ मत ल्याए । पराजित चापागाईँले ७१ मत ल्याएका छन् । मत गणना सकिए पनि अन्तिम मतपरिणाम नआएकाले तलमाथि हुन सक्ने बताइएको छ ।

भट्टराई अध्यक्षमा निर्वाचित भएको औपचारिक घोषणा बिहीबार साँझ ५ बजे पत्रकार सम्मेलनबाट गर्ने तयारी भएको नवनिर्वाचित उपाध्यक्ष मानुषी यमि भट्टराईले बताएकी छन् ।

काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानस्थित सिद्धिचरण हलमा औपचारिक घोषणा कार्यक्रम राखिएको छ।

त्यहाँ समाजवादीको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण कार्यक्रम राखिएको छ । त्यही कार्यक्रममा भट्टराईले सम्बोधन गर्ने तालिका तय गरिएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  ३ : ४९ बजे

आजका समाचार : सुनारले बुझाए जवाफ, भित्रियो चार खर्ब रेमिट्यान्स र अस्ट्रेलियामा बढ्यो बेरोजगारी

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह अर्थमन्त्री डा.

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर

कोशी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

विराटनगर- कोशी प्रदेश सरकारले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलनमा

स्थानीय चुनावका लागि रास्वपा क्यान्डिडेट क्लबको आवेदन खुला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका

१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुल

बेइजिङ- चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ