ललिता निवास प्रकरण- बाबुराम र माधवविरुद्धको मुद्दामा आएन आदेश, पूर्ण इजलासमा पठाइयो « Khabarhub

ललिता निवास प्रकरण- बाबुराम र माधवविरुद्धको मुद्दामा आएन आदेश, पूर्ण इजलासमा पठाइयो


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा.बाबुराम भट्टराई जोडिएको ललिता निवास जग्गा प्रकरणको मुद्दा पूर्ण इजलासमा पेश गर्ने आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासले मुद्दाको सुनुवाइ गर्दै ललिता निवास जग्गाको नीतिगत निर्णय गर्ने प्रधानमन्त्रीद्वयलाई छानबिनको दायरामा ल्याउने नल्याउने निर्णयका लागि पूर्ण इजलासमा पठाउने आदेश गरेको हो ।

वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पठाउन निर्णय गर्ने पूर्वप्रधानमन्त्रीद्वयमाथि छानबिन माग राख्दै रिट दायर गरेका थिए ।

सर्वोच्चले यस मुद्दामा ५ वर्षपछि सुनुवाइ गर्दै निर्णयका लागि पूर्ण इजलासमा पठाउने आदेश गरेको हो । अधिवक्ता नेउपानेले पूर्वप्रधानमन्त्रीद्वय भट्टराई र नेपाललाई अख्तियारले उन्मुक्ति दिएको भन्दै मुद्दा चलाउनुपर्ने आदेश माग गरेका थिए ।

नेपालमाथि मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा परेको मुद्दाको १८ औँ पटक पेशीमा चढेर सुनुवाइ हुँदा अब पूर्ण इजलासले यसको छिनोफानो गर्ने भएको हो ।

२०७६ सालमा भएको मन्त्रिपरिषद्को निर्णयका आधारमा ललिता निवासको जग्गा किनबेचका मुख्य निर्णायक नेपाल र भट्टराईमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा नचलाएको भन्दै न्यौपानेले सर्वोच्चमा रिट दिएका थिए ।

यो रिटमा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश नहकुल सुवेदीको इजलासले निर्णय सुनाउन २०७९ कात्तिक १५ गतेको मिति तोकेको थियो ।

तर, मुद्दाको निर्णय सुनाउनुअघि नै तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले जबरामाथि महाअभियोग लगाएको थियो । महाभियोग खेपेपछि चोलेन्द्रले यो मुद्दामा आदेश दिन पाएनन् । त्यहीकारण सुनुवाइ भइसकेर पनि यो मुद्दामा आदेश आउन सकेको थिएन ।

यो मुद्दामा ५ वर्षमा १८ पटक पेशी र १३ पटक सुनुवाइको पालो आउँदा पनि पनि सर्वोच्चले आदेश दिनबाट पन्छिने गरेको थियो ।

ललिता निवास जग्गा प्रकरणमा तत्कालीन विभागीय मन्त्रीहरू विजयकुमार गच्छदार, चन्द्रदेव जोशी, तत्कालीन सचिवहरू दीप बस्न्यात, दिनेश अधिकारीसहित १७५ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलाएको थियो ।

तर, पूर्वप्रधानमन्त्रीद्वयलाई भ्रष्टाचार मुद्दा नलगाउने अख्तियारको निर्णय कानुनविपरीत भन्दै वरिष्ठ अधिवक्ता न्यौपानेले सर्वोच्चमा रिट हालेका थिए । २०७६ माघ २८ गते दायर यो रिटको सुनुवाइ सकिएर पनि आदेश आउन सकेको छैन ।

माधव नेपाल २०६६ मा र बाबुराम भट्टराई २०६९ मा प्रधानमन्त्री भएका थिए । त्यही बेला ललिता निवासको सरकारी जग्गा क्याबिनेटबाट निर्णय गराएर व्यक्तिको नाममा लगिएको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  ६ : ३८ बजे

समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा

एजेन्सी– इरान र अमेरिकाबीच स्विट्जरल्याण्डमा हुने भनिएको वार्ता स्थगित भएपछि

राहुघाट जलविद्युत् आयोजना : भौतिक संरचना परीक्षण गर्न सुरु

म्याग्दी– नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

पहिलो विदेश भ्रमणका क्रममा बङ्गलादेशी प्रधानमन्त्री रहमान मलेसिया हुँदै चीन जाने

ढाका- बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले पदभार ग्रहणपछि आफ्नो पहिलो विदेश

रविले भने, ‘महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा

राष्ट्रहितको रक्षा गर्न क्रान्तिकारी शक्ति एक हुन आवश्यक : माधव नेपाल

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले राष्ट्रहितको