‘पोखरा भ्रमण वर्ष २०२५’ घोषणा « Khabarhub

‘पोखरा भ्रमण वर्ष २०२५’ घोषणा


१ फाल्गुन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरामा स्वदेशी र विदेशी गरी सन् २०२५ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित ‘पोखरा भ्रमण वर्ष २०२५’ को घोषणा  गरिने भएको छ । 

नेपाल सरकारका उपप्रधान तथा अर्थ मन्त्री विष्णु प्रसाद पौडेलको विशेष उपस्थितिमा शनिबार भ्रमण वर्षको घोषणा गर्ने तयारी गरिएको नगर प्रमुख धनराज आचार्यले बताए ।  

भ्रमण वर्ष घोषणाको पुर्वसन्ध्यामा पोखराका ३३ वटै वडाहरूबाट पहिचान सहितका झाँकी र्‍याली पोखरा प्रदर्शनी केन्द्रसम्म गरिने छ । पोखरालाई गत वर्ष मात्रै पर्यटन राजधानी सहर घोषणा गरिएको थियो । 

भ्रमण वर्षको अवधिभर क्रियाशील रहने गरी नगर प्रमुख आचार्यको संयोजकत्वमा मूल समारोह समिति, एक निर्देशक समिति, पर्यटन व्यवसायी गोपी बहादुर भट्टराईको संयोजकत्वमा कार्यसम्पादन समिति र विभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरी ४३ वटा समितिहरू गठन गरिएका छन् । 

भ्रमण  वर्षको अवधिभर पोखरा महानगरपालिकाको तर्फबाट विभिन्न किसिमका पर्यटन प्रवर्द्धनात्मक कार्यक्रमहरू गरिने छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहिबार  ७ : ४५ बजे

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै