बालविवाह अन्त्य गर्न अभियान नै चलाउनु पर्छ : मुख्यमन्त्री कार्की « Khabarhub

बालविवाह अन्त्य गर्न अभियान नै चलाउनु पर्छ : मुख्यमन्त्री कार्की


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बालविवाह अन्त्य गर्न अभियान नै चलाउनुपर्ने बताएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आज बालविवाहविरुद्ध प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै मुख्यमन्त्री कार्कीले बालविवाहबाट उनीहरुको मानसिक एवं शारीरिक स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले यसको अन्त्य गर्न सबै जिम्मेवारपूर्वक लाग्नुपर्ने बताए । बालविवाह सामाजिक समस्या र कानुनी अपराध भएको उनको भनाइ थियो ।

“प्रदेश सरकार बालविवाह अन्त्य गर्न नीति तथा कानुनी प्रबन्ध गरी अगाडि बढेको छ”, मुख्यमन्त्री कार्कीले भने । उनले प्रदेशमा बालविवाह अन्त्य गर्न पहल गरिए पनि दुर्गम भेगमा यो समस्या विद्यमान रहेकाले त्यसतर्फ चनाखो भएर लाग्नुपर्ने आवश्यक्ता औँल्याए ।

सरकारले सन् २०३० सम्म बालविवाह अन्त्य गर्ने लक्ष्य लिएको छ । बालविवाह सामाजिक समस्या र कानुनी अपराध भएकाले हरतरहले बालविवाह समाप्त गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ ।

हस्ताक्षर कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश सरकारका मुख्य सचिव, सचिवहरु, सामाजिक अभियन्ता, बालबालिकालगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  ८ : ३७ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा