क्यानडा र युरोपेली युनियनको निर्णयपछि ट्रम्पले दिए थप करको चेतावनी « Khabarhub

क्यानडा र युरोपेली युनियनको निर्णयपछि ट्रम्पले दिए थप करको चेतावनी


२९ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – स्टिल र आल्मोनियम आयातमा अतिरिक्त कर लगाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप करको चेतावनी दिएका छन्।

युरोपेली युनियन र क्यानडाले आफूले लगाएको करको जवाफमा सोही किसिमको करको निर्णय गरेपछि ट्रम्पले आफ्नो कुरा राखेका हुन्।अन्यले गरेको जस्तै निर्णय अनुसार नै आफूले पनि जवाफ दिँदै जाने उनले बताएका छन्।

अहिलेको यो व्यापार युद्धको असर शेयर मार्केटदेखि संसारको वित्तीय क्षेत्रमा परेको छ। यसको असर अमेरिकामा नै पनि परेको छ।

ट्रम्पले स्टिल र आल्मोनियममा २५ प्रतिशत कर लगाउने निर्णय बुधबारदेखि लागु गरेका हुन्। यस अघि उनले चिनियाँ सामानमा २० प्रतिशत करको निर्णय गरिसकेका छन्।

उनले कपर, लम्बर र कारमा पनि कर बढाउन सकिने चेतावनी दिएका छन्। युरोपेली युनियन र क्यानडाका नेताले यो निर्णय न्यायिक नभएको बताउँदै यसले अमेरिकी उत्पादनमा समेत असर गर्ने बताएका छन्। अमेरिकाका मेटल आपूर्ति गर्ने बेलायत, अस्ट्रेलिया, मेक्सिको र ब्राजिलले भने प्रतिक्रिया स्वरूप आफूले पनि कर लगाउने कुरा गरेका छैनन्।

बेलायती प्रधानमन्त्री केइर स्टेइमरले बारम्बार वार्ताबाट नै समस्यामा समाधान हुनसक्ने बताउँदै आएका छन्।

क्यानडाले ३० अर्ब अमेरिकी डलर बराबरको अमेरिकी सामानमा २५ प्रतिशत कर लगाउने निर्णय गरेको छ। यसमा स्टिल कम्प्युटर र खेल सामग्री लगायत छन्। प्रधानमन्त्री बन्ने तयारीमा रहेका मार्क कार्नीले ट्रम्पसँग वार्ताका लागि आफू तयार रहेको बताए।

युरोपेली युनियनले पनि १ अप्रिलदेखि लागु हुने गरी २८ अर्ब अमेरिकी डलर बराबरको अमेरिकी सामान करको दायरा वृद्धि गर्ने जनाएको छ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहीबार  ६ : ५७ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्