विराट गोल्ड कपको उपाधि थ्री स्टारलाई « Khabarhub

विराट गोल्ड कपको उपाधि थ्री स्टारलाई


२९ फाल्गुन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

मोरङ– विराट गोल्ड कप फुटबलको उपाधि ललितपुरको थ्री स्टार क्लबले जितेको छ ।

बुधबार साँझ विराटनगरको शहीद रङ्गशालामा भएको फाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई २–० गोलले हराउँदै थ्री स्टारले उपाधि जितेको हो ।

विराट गोल्ड कप ट्रष्टद्वारा आयोजित रात्रिकालीन प्रतियोगितामा थ्री स्टारका खेमराज श्रेष्ठ र दीपेश घलेले एक–एक गोल गरेका थिए ।

प्रतियोगिताको विजेता टोली थ्री स्टारले नगद ११ लाख र उपविजेता चर्च ब्वाइज युनाइटेडले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरे ।

थ्री स्टारका खेलाडी खेमराज ‘बेस्ट प्लेयर अफ टुर्नामेन्ट’ घोषित भई ५१ हजार रुपैयाँ प्राप्त गरे । सोही टोलीका क्याप्टेन एकराज बुढाथोकीलाई ‘म्यान अफ प्लेयर’ वापत ११ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

प्रतियोगितामा भारतका दुई र नेपालका विभागीयसहित १० वटा टोली सहभागी थिए  ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहिबार  ६ : ५९ बजे

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै