अल्भारेज पेनाल्टी सुट आउटमा लडेपछि रियल म्याड्रिड क्वार्टरफाइनलमा « Khabarhub

अल्भारेज पेनाल्टी सुट आउटमा लडेपछि रियल म्याड्रिड क्वार्टरफाइनलमा


२९ फाल्गुन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दोस्रो लेगमा एट्लेटिको म्याड्रिडसँग पराजित हुनुको बाबजुद रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

दोस्रो चरणको पहिलो लेगमा २-१ ले विजयी रियल दोस्रो लेगमा १-० ले पराजित भएको हो। एग्रिगेटमा २-२ को बराबरी भएको सो खेलमा टाइब्रेकरमा ४-२ ले सफलता पाएको हो।

खेलमा एट्लेटिको म्याड्रिडका जुलियन अल्भारेजको पेनाल्टी नाटकीय रूपले अयोग्य घोषित भएको थियो। जितपछि १६ औँ पटक युरोपेली च्याम्पियन्स लिगको उपाधि जित्ने अभियानमा रहेको रियलले क्वार्टरफाइनलमा आर्सनलको सामना गर्नेछ।

बुधबार भएको दोस्रो लेगमा भने २७ सेकेन्डमा नै कोलान गालाघारले एट्लेटिकोलाई अग्रता दिलाएका थिए। त्यसपछि कुनै पनि गोल हुन सकेन।

टाइब्रेकरमा रियलले सुरुवाती दुई प्रहार गोलमा परिणत गरेको थियो। एट्लेटिकोले पनि पहिलो प्रहारमा गोल गरेको थियो भने दोस्रो प्रहार गर्ने क्रममा अल्भारेज चिप्लिएका थिए। चिप्लिए पनि बल गएर नेट भित्र छिरेको थियो। सुरुमा गोल दिइए पनि भिडियो रिप्लेमा उनले बललाई दुई पटक छोएको देखिएको थियो।

दुवै टोलीले तेस्रो प्रहारलाई गोलमा परिणत गरेका थिए। रियलका लागि चौथो प्रहार गरेको लुकास भार्कयुको बल एट्लेटिकोका गोल रक्षक जान ओबालाकले बचाएका थिए। त्यसपछि एथल्टिकोका मार्कोस लोरेन्टले पनि बारमा प्रहार गरे। रियलका लागि एन्टेनियो रुडिगरले अन्तिम प्रहार गरेका थिए।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहिबार  ७ : ४७ बजे

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४

तस्बिरमा हेर्नुहोस् एनपीएल उद्घाटन खेलको रौनक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु भएसँगै

चलचित्र विकास बोर्डलाई आत्मनिर्भर आत्मनिर्भर र नाफामूलक संस्था बनाउनुपर्छ : अध्यक्ष पण्डितको योजना

काठमाडौं – चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले बोर्डलाई