चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक | Khabarhub Khabarhub

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक


२९ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चलचित्र ‘कर्मा’का कलाकार मुकुन भुसालको क्यारेक्टर लुक्स सार्वजनिक भएको छ । निर्माणपक्षले होलीको अवसर पारेर मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक गरेको हो ।

तिलचामले कपाल र दारीजुंगामा ठाँटिएका मुकुन हेन्डसम देखिएका छन् । कोट र टाइमा देखिएका उनी एंग्री लुक्समा छन् ।

उनको हेराइले बदलाको चरणमा उनी रहेको संकेत गर्छ । उनको यो लुक्सले उनी खलपात्रको रुपमा चलचित्रमा रहेको प्रष्ट पार्छ । ग्रे जोनमा बस्ने खलपात्र रहेका हुन् कि भन्ने अनुमान लगाउन सकिन्छ ।

होलीको अवसरमा क्यारेक्टर लुक्स आएकाले शुभकामना हो वा चलचित्रमा नै होलीको सिन छ, त्यो भने निर्माणपक्षले प्रष्ट पारेको छैन । तर, तराईमा सिनेमा खिचिएकाले होलीको दृश्य हुन पनि सक्ने सामान्य अनुमान गर्न भने सकिन्छ ।

यसअघि, निर्माणक्षले उपासना सिंह ठकुरीको लुक्स पनि सार्वजनिक गरेको थियो । जहाँ उनी कुर्थासुरुवालमा देखिएकी थिइन् ।

‘कर्मा’लाई ‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीले निर्देशन गरेका छन् । ‘कर्मा’को छायाँकन दाङ र काठमाडौंमा गरिएको छ

चलचित्र ‘कर्मा’ चैत २९ गते रिलिज हुँदै छ । नेपाल र विदेशमा यो चलचित्र एकसाथ प्रदर्शन हुनेछ । एक्सन जनरामा निर्माण भएको ‘कर्मा’मा विपीनको पहिलो एक्सन सिनेमा हो ।

‘कर्मा’मा विपीनसँगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेवलगायत कलाकारको अभिनय रहेको छ । एक्सन ड्रामा जनरामा निर्माण भएको सिनेमाको कथा निर्देशक चौधरी स्वयमले लेखेका छन् । ‘कर्मा’ले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्रीको अधिकार सेभेन सिज सिनेमाले लिएको छ ।

केही समयअघि सार्वजनिक पोस्टरले दर्शकमाझ उत्सुकता बढाएसँगै ओभरसिज माकेर्टमा पनि दर्शकमा ‘कर्मा’प्रति चासो रहेको सेभेन सिज सिनेमाले बताएको छ ।

आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी रहेको छ । निर्देशक चौधरीको ‘अगस्त्यः च्याप्टर १’ले दर्शक र समीक्षकको राम्रो प्रतिक्रिया पाएको थियो । निर्माणपक्षले ‘कर्मा’को टिजर भोलि शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहीबार  १ : १८ बजे

एमाले निकट अखिलको माग : जिम्मेवार निकायले राजीनामा दिनुपर्छ

काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेराष्ट्रवियुले नै जिम्मेवार निकायले

निजी विद्यालयहरूमा भदौ २४ र २५ गते शोक विदा

काठमाडौं – जेनजी आन्दोलनका क्रममा देशभरका विभिन्न स्थानमा थुप्रै युवा

प्रधानमन्त्री र गृहमन्त्रीलाई पक्राउ गरी जेल पठाउनुपर्छ : सांसद शाही

काठमाडौं – सरकारद्वारा जेनजी आन्दोलनमाथि गरिएको दमनप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी

के प्रधानमन्त्री ओलीले राजीनामा देलान् ?

काठमाडौं – जेनजी पुस्ताको प्रदर्शन हिंसात्मक बनेपछि १९ जना प्रदर्शनकारीको

ओलीलाई भेट्न बालुवाटार पुगे देउवा

काठमाडौं – मन्त्रिपरिषद् बैठक जारी भएको बेला कांग्रेस सभापति शेरबहादुर