होलीमा उपत्यकाका चोकचोकमा चेकजाँच, ड्रोनबाट पनि निगरानी बढाइयो « Khabarhub

होलीमा उपत्यकाका चोकचोकमा चेकजाँच, ड्रोनबाट पनि निगरानी बढाइयो


२९ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकासहित देशका पहाडी जिल्लामा होली मनाइरहेका बेला ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ ।

चेकजाँच र निगरानीका लागि २ हजार ७ सय बढी प्रहरी खटाइएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

होली पर्वको अवसरमा उच्छृंखल गतिविधि गर्ने, जथाभावी लोला हान्ने, मादक पदार्थ पिएर सवारीसाधन चलाउने लगायत गतिविधि नियन्त्रण गर्न प्रहरीले चेकजाँचमा कडाइ गरेको हो ।

होली मनाउन एक ठाउँबाट अर्को ठाउँमा गइरहेका सवारी चालकहरूलाई लक्षित गरी ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको हो ।

काठमाडौं उपत्यकाका थापाथली, त्रिपुरेश्वर, न्युरोड, कान्तिपथ, दरबारमार्ग, भद्रकाली, बग्गीखाना लगायतमा चेकिङ पोष्ट राखिएको छ ।

होलीलाई व्यवस्थित बनाउन नेपाल प्रहरीले काठमाडौंका ९० भन्दाबढी स्थानमा चेक जाँच गर्न टोली खटाएको छ ।

होली कार्यक्रम स्थल र अन्य सार्वजनिक स्थलमा सीटीभी र ड्रोनबाट पनि निगरानी बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहीबार  १ : ३५ बजे

ऋषिपञ्चमीका दिन आँधीखोलामा स्नान गर्दा बगेर महिलाको मृत्यु

वालिङ (स्याङ्जा) – ऋषिपञ्चमीका अवसरमा आँधीखोलामा स्नान गर्ने क्रममा खोलाले

भोटेकोशी बाढी अपडेट: १३ सय ९९ शव भेटिए

काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज,

मुस्ताङमा जलवायु सम्मेलन २०८३ सुरु : दुई हजार बढी प्रतिनिधिको सहभागी

मुस्ताङ – मुस्ताङको जोमसोममा मङ्गलबारदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु

मेलाको बचत रकम पर्यटन विकासमा

म्याग्दी – अन्नपूर्ण गाउँपालिका-१ स्थित मणिबराही युवा क्लबले दसैँ मेलाबाट