स्ववियु निर्वाचन : त्रिवि केन्द्रीय क्याम्पसमा अध्यक्षका लागि १७ जनाको उम्मेदवारी | Khabarhub Khabarhub

स्ववियु निर्वाचन : त्रिवि केन्द्रीय क्याम्पसमा अध्यक्षका लागि १७ जनाको उम्मेदवारी


२९ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं – कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको अध्यक्ष पदका लागि १७ जनाको उम्मेदवारी परेको छ । 

क्याम्पसले सार्वजनिक गरेको अन्तिम उम्मेदवारको सूचीमा अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु क्रान्तिकारी  र स्वतन्त्र विद्यार्थी समूहलगायत स्वतन्त्रले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका क्याम्पस निर्वाचन अधिकृत प्रा.डा कृष्णप्रसाद न्यौपानेले जानकारी दिए । 

उनका अनुसार अनेरास्ववियुबाट सिद्धान्त भट्ट, नेपाल विद्यार्थी सङ्घबाट दीपकराज जोशी, अखिल (क्रान्तिकारी)बाट प्रवीन दाहाल, स्वतन्त्र विद्यार्थी समूहबाट दिनेश कार्की, नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घबाट विलम सुवाल, नेपाली विद्यार्थी मञ्चबाट अक्कल रानाभाट, नयाँ शक्ति विद्यार्थी युनियनबाट नरेन्द्र सिंह महरा, स्वतन्त्र विद्यार्थी (त्रिवि)बाट उज्जलवहादुर खड्का, स्वतन्त्रबाट पद्मा भुसाल, सनम वली र दिप्रसन केसीलगायतले उम्मेदवारी दर्ता गराएका छन् । त्रिवि केन्द्रीय क्याम्पसमा ६ हजार १४६ मतदाता रहेका छन् । 

आज साँझ ४ बजेसम्म उम्मेदवारमाथि दावी विरोध र  फिर्ता लिने समयावधि तोकिएको तथा आजै साँझ ७ बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिका रहेको छ ।

त्रिविले स्ववियु निर्वाचनको प्रचारप्रसारको समय फागुन २९ गते दिनको २ बजेदेखि चैत २ गते राति १२ बजेसम्मका लागि तोकेको छ । स्ववियु निर्वाचनमा आगामी चैत ५ गते त्रिवि अन्तर्गतका क्याम्पसमा हुँदै छ ।
 

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहीबार  १ : ५२ बजे

एयर इन्डिया दुर्घटनामा ताजा फोरेन्सिक प्रमाणले भन्यो– ‘चालक दल’ जिम्मेवार

काठमाडौं– एयर इन्डियाको विमान पाइलटले जानाजानी दुर्घटना गराएको हुन सक्ने

धवल शमशेरको चुनौती : लिङ्देको हैकमवाद स्वीकार्दिनँ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणाले अध्यक्ष राजेन्द्र

मन्त्री गुप्ताको अडियो प्रकरण छानबिन गर्न रास्वपाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणको

सुमनाको प्रश्न- मन्त्री गुप्ताको घुस काण्डमा भनिएका ‘बा’ को हुन् ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले संघीय मामिला तथा

वर्षालाई फिल्म ‘माग्ने राजा’ हिट हुने आश

काठमाडौं – नायिका वर्षा सिवाकोटी अहिले फिल्ममा व्यस्त देखिन्छिन् ।