माबोलाई मोसो दलेको प्रकरणमा पक्राउ दुईजना रिहा, ६ जनाको पक्राउ पुर्जी खारेज | Khabarhub Khabarhub

पाथिभरा केबलकार विवाद

माबोलाई मोसो दलेको प्रकरणमा पक्राउ दुईजना रिहा, ६ जनाको पक्राउ पुर्जी खारेज


२९ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


957
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुक्कुमलुङ संरक्षणका लागि आन्दोलनरत दुईजना पहिचानवादी नेतालाई रिहा गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेका तीनजनामध्ये दुईजना पहिचानवादी नेताहरूलाई प्रहरीले रिहा गरेको हो ।

मुक्कुमलुङ संरक्षणका लागि आन्दोलन गर्दै आएका खगेन्द्र माखिमले प्रहरी हिरासतमा रहेका विष्णु थाङ्देन र सुमन चेम्जोङ रिहा भएको जानकारी दिए । उनले जिल्ला प्रशासन कार्यालय सुनसरीले अरू थप ६ जना पहिचानवादी नेताको वारेन्ट फिर्ता लिएको पनि बताए । 

नेता माखेमका अनुसार जेन्टल लावती, अमर इजम, करुण राई, डम्बर लाबुङ, सीताराम राई (सिवाहाङ) र रमेश राईविरुद्ध जारी वारेन्ट सुनसरी प्रशासनले खारेज गरेको हो । सुनसरी प्रशासनले वारेन्ट जारी गरेर उनीहरूलाई फरार सूचीमा राखेको थियो । 

‘रिहाइ र वारेन्ट खारेज भएका सबैलाई बधाई, प्रहरीले गिरफ्तार गरिराखेका नेतृ सिर्जना बेघा रिहा हुन बाँकी छन्’, उनले भने, ‘ आज रिहा गर्न मानेन । ’उहाँलाई पनि तत्काल रिहा गर्न सरकारसँग जोडदार माग गर्दछौँ ।’

विवाद

जनता समाजवादी पार्टी (जसपा) नेपाल धरानका उपाध्यक्ष सुमन चेम्जोङसहितले फागुन ६ गते केबलकार पक्षमा वकालत गर्दै आएका एकजनालाई मोसो दलेका थिए ।

ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबलकारको पक्षमा लागेका पदमचेन्जी माबोलाई धरानमा मोसो दलेपछि जसपा नेपाल धरानका उपाध्यक्ष चेम्जोङ पक्राउ परेका थिए । उनीसँगै अन्य नेता कार्यकर्ता पनि समातिएका थिए ।

माबोले मोसो दल्ने आठ जनाविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा किटानी जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको थियो । माबोको मोसो दल्ने ८ जनाविरुद्ध फागुन ७ मा उजुरी दिएपछि इलाका प्रहरी कार्यालय धरानले जिल्ला अदालत सुनसरीबाट पक्राउ पुर्जीको अनुमति लिएको थियो । ।

माबोले मोसो दल्नेविरुद्ध आपराधिक उपद्रो ऐन अन्तर्गत किटानी जाहेरी दिएका थिए । पक्राउ परेका जसपा उपाध्यक्ष चेम्जोङले माबोलाई मोसो दलिरहेको अवस्थामा आफूले छुट्याएर अप्रिय घटना हुनबाट बचाएको बताएका थिए ।

गत फागुन ६ मा मुकुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति सुनसरीका कार्यकर्ताहरूले धरान–९ स्थित पुतलीलाइनमा कुटपिट गरी माबोलाई मोसो दलेका थिए ।

मोसो दल्ने घटनामा संलग्न जनमुक्ति पार्टीका केन्द्रीय उपमहासचिव विष्णु थाम्देन, नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय नेता अमर इजम, पहिचानवादी मोर्चाका नेता जेन्टल लावती लगायत ८ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो । जसमा चेम्जोङसँगै विष्णु थाम्देन पनि पक्राउ परेर लामो हिरासत बसाइपछि रिहा भएका हुन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहीबार  ४ : २३ बजे

लोकमानलाई शक्तिहीन बनाउने ओमप्रकाशको अग्निपरीक्षा

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषदमा ओमप्रकाश अर्यालले गृह र कानून,

कार्की सरकारमा ११ जनामात्रै मन्त्री हुने

काठमाडौँ – अन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीले आफू नेतृत्वको मन्त्रिपरिषद्‌

तातोपानी र रसुवागढी नाका सञ्चालनमा ल्याउन नसकेपछि मुस्ताङ भन्सार खोलियो

काठमाडौं– चीनसँगको वैदेशिक व्यापारका लागि प्रयोग हुँदै आएका सिन्धुपाल्चोकको तातोपानी

प्रधानमन्त्री कार्कीलाई भेट्न सिंहदरबार जाँदै भारतीय राजदूत

काठमाडौँ – नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव प्रधानमन्त्री सुशीला

झापामा एक सय ५२ भौतिक संरचनामा क्षति

सुरुङ्गा– जेनजी आन्दोलनका क्रममा झापामा १५२ वटा भौतिक संरचनामा क्षति