पीएम कप : गण्डकीमाथि लुम्बिनी प्रदेश १४ रनले विजयी | Khabarhub Khabarhub

पीएम कप : गण्डकीमाथि लुम्बिनी प्रदेश १४ रनले विजयी


२९ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 
काठमाडौं– जारी पीएम कपमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेको छ । बिहिबार सिद्धार्थनगर रंगशालामा सम्पन्न खेलमा लुम्बिनीले गण्डकीलाई १४ रनले पराजित गरेको हो ।

लुम्बिनीले दिएको २१८ रनको लक्ष्य पछाएको गण्डकीले ५० ओभरमा ९ विकेट गुमाउँदै २०३ रन बनाएको थियो । गण्डकीका लागि अर्जुन कुमालले सर्वाधिक ६२ रन बनाए भने सुवास भण्डारीले ३० रन बनाएका थिए । त्यस्तै लुम्बिनीका बलर निर्मल गुरुङले ३ विकेट लिए भने बिप्रासन केसीले २ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनी ४९.५ ओभरमा अल आउट हुँदै २१७ रन बनाएको थियो । लुम्बिनीका लागि प्रज्वल थापाले सबधिक ७२ रन बनाए भने म्रिनल गुरुङले ३८, कप्तान देव खनालले ३३ रन बनाएका थिए । त्यसैगरी गण्डकीका बलर अमृत गुरुङले ३ विकेट लिएका थिए भने चन्द्र पौडेल र विपिन खत्रीले २-२ विकेट लिएका थिए ।

यो जित पछि लुम्बिनीको ३ खेलमा २ जित र एक हारसहित ४ अंक भएको छ भने गण्डकी प्रदेशको ३ खेलमा २ हार र एक जितसहित २ अंक रहेको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहीबार  ४ : ४५ बजे

पत्रकार पाठक काठमाडौं अदालतमा उपस्थित, न्यायाधीश भट्टको इजलासमा बयान

काठमाडौं– पत्रकार दिलभूषण पाठक जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन्

मलेसियाले नेपाललाई दियो ९१ रनको चुनौती, अभयले लिए चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।