पीएम कप : गण्डकीमाथि लुम्बिनी प्रदेश १४ रनले विजयी « Khabarhub

पीएम कप : गण्डकीमाथि लुम्बिनी प्रदेश १४ रनले विजयी


२९ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 
काठमाडौं– जारी पीएम कपमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेको छ । बिहिबार सिद्धार्थनगर रंगशालामा सम्पन्न खेलमा लुम्बिनीले गण्डकीलाई १४ रनले पराजित गरेको हो ।

लुम्बिनीले दिएको २१८ रनको लक्ष्य पछाएको गण्डकीले ५० ओभरमा ९ विकेट गुमाउँदै २०३ रन बनाएको थियो । गण्डकीका लागि अर्जुन कुमालले सर्वाधिक ६२ रन बनाए भने सुवास भण्डारीले ३० रन बनाएका थिए । त्यस्तै लुम्बिनीका बलर निर्मल गुरुङले ३ विकेट लिए भने बिप्रासन केसीले २ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनी ४९.५ ओभरमा अल आउट हुँदै २१७ रन बनाएको थियो । लुम्बिनीका लागि प्रज्वल थापाले सबधिक ७२ रन बनाए भने म्रिनल गुरुङले ३८, कप्तान देव खनालले ३३ रन बनाएका थिए । त्यसैगरी गण्डकीका बलर अमृत गुरुङले ३ विकेट लिएका थिए भने चन्द्र पौडेल र विपिन खत्रीले २-२ विकेट लिएका थिए ।

यो जित पछि लुम्बिनीको ३ खेलमा २ जित र एक हारसहित ४ अंक भएको छ भने गण्डकी प्रदेशको ३ खेलमा २ हार र एक जितसहित २ अंक रहेको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहीबार  ४ : ४५ बजे

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ – भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु – बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)को उपाधि अन्नपूर्ण