जनमत र नाउपाबीच एकीकरण तयारी : रेशम र रञ्जिताबीच कुरो नमिल्दा अड्कियो हलो | Khabarhub Khabarhub

जनमत र नाउपाबीच एकीकरण तयारी : रेशम र रञ्जिताबीच कुरो नमिल्दा अड्कियो हलो


२९ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


942
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मधेशकेन्द्रित नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकीकरणका लागि छलफल अघि बढेको छ । तर यसबारेमा रेशम चौधरी र उनकी पत्नी रञ्जिजा श्रेष्ठ नेतृत्वको नाउपामा आन्तरिक छलफल बाँकी छ ।

तर, डा. सीके राउत नेतृत्वको जनमत पार्टीले भने फागुन २६ गते केन्द्रीय कमिटी बैठक राखेर नाउपासँग एकीकरणका लागि कार्यदल बनाइसकेको छ।

सीके राउत नेतृत्वमा बसेको जनमत केन्द्रीय समितिको बैठकले नागरिक उन्मुक्ति पार्टीसहितका विचार र सिद्धान्त मिल्नेसँग एकीकरण गर्न तीन सदस्यीय कार्यदल बनाएको थियो ।

कार्यदलमा अब्दुल खान, शरदसिंह यादव र बालगोविन्द चौधरी छन् । तर नाउपाले अहिलेसम्म कुनै निर्णय गरेको छैन ।

जनमतका प्रवक्ता शरदसिंह यादव आफूहरूले निर्णय गरिसकेको अब नाउपाको निर्णयको पर्खाइमा रहेको बताउँछन् ।

‘हामीले त एकीकरण गर्न केन्द्रीय कमिटी बैठकबाट कार्यदल बनाइसक्यौँ,’ प्रवक्ता यादवले भने, ‘नाउपाका साथीहरूसँग कुरा भइरहेको छ । संरक्षक रेशम चौधरी हामीसँग वार्तामा हुनुहुन्छ । अध्यक्ष रञ्जिता श्रेष्ठलाई पनि यसबारे जानकारी छ ।’

यादव जनमतको तर्फबाट एकीकरणबारे छलफल गर्ने स्पष्ट एजेन्डासहित तयारी भइरहेको देखिन्छ ।

नाउपाबाट केन्द्रीय कमिटीले निर्णय गरेपछि मात्र एकीकरण गर्ने या नगर्ने निर्णय आउने बताइन्छ ।

नाउपा सांसद गंगाराम चौधरीका अनुसार संसदीय दलको बैठक केही दिनअगाडि सम्पन्न भएको थियो । बैठकमा केन्द्रीय कमिटी बैठक राखेर एकीकरण हुने या नहुने छलफल चल्ने निर्णय भएको छ ।

‘हामीले पार्टी एकीकरण गर्नेबारे कुनै औपचारिक निर्णय गर्न पाएको छैन । चैत महिनाभित्रै पार्टी केन्द्रीय कमिटी बैठक छ,’ चौधरीले भने, ‘केन्द्रीय कमिटीको बैठकमा सदस्यहरूले धारणा राखेपछि मात्रै बहुमतले निर्णय गर्छ । अहिले केही भन्ने अवस्था छैन ।’

यता नाउपा र जनमत एकीकरण गर्ने सन्दर्भमा नाउपामा फरक मत देखिएको कुरा आएका छन् । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशमबीच मतान्तर हुँदा एकीकरण पेचिलो बनेको छ ।

रेशम एकीकरणको पक्षमा छन् भने श्रेष्ठ सकारात्मक छैनन् । यी श्रीमान्-श्रीमतीका कारण पार्टीमा समस्या उत्पन्न भएको केही नेताहरूको आरोप छ । यसबारे रेशम-रञ्जिता दुवै बोल्न चाहेका छैनन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहीबार  ५ : ५५ बजे

कारागारबाट जेनजीलाई रविको सुझाव: घुसपैठ हुनसक्छ सचेत हुनुहोस्

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नख्खु

दक्षिण अफ्रिकामाथि इंग्ल्याण्डको कीर्तिमानी जित

काठमाडौं – आइतबार सम्पन्न तेस्रो एकदिवसीयमा इंग्ल्याण्डले दक्षिण अफ्रिकामाथि एकदिवसीय

सामाजिक सञ्जालसम्बन्धी सरकारको निर्णयविरुद्ध रिट दर्ता गर्न अस्वीकार

काठमाडौं – सर्वोच्च अदालतले सामाजिक सञ्जालसम्बन्धी सरकारले गरेको निर्णयविरुद्ध परेको

प्रचण्डको पोस्टमा बालेनको कमेन्ट: एकादेशमा टिकटक पनि ‘ब्याण्ड’ भएको थियो

काठमाडौं – सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयबारे पूर्वप्रधानमन्त्री एवं

जेनजी आन्दोलनलाई पूर्ण समर्थन छ : सुमना श्रेष्ठ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा सांसद सुमना