जनमत र नाउपाबीच एकीकरण तयारी : रेशम र रञ्जिताबीच कुरो नमिल्दा अड्कियो हलो « Khabarhub

जनमत र नाउपाबीच एकीकरण तयारी : रेशम र रञ्जिताबीच कुरो नमिल्दा अड्कियो हलो


२९ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


942
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मधेशकेन्द्रित नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकीकरणका लागि छलफल अघि बढेको छ । तर यसबारेमा रेशम चौधरी र उनकी पत्नी रञ्जिजा श्रेष्ठ नेतृत्वको नाउपामा आन्तरिक छलफल बाँकी छ ।

तर, डा. सीके राउत नेतृत्वको जनमत पार्टीले भने फागुन २६ गते केन्द्रीय कमिटी बैठक राखेर नाउपासँग एकीकरणका लागि कार्यदल बनाइसकेको छ।

सीके राउत नेतृत्वमा बसेको जनमत केन्द्रीय समितिको बैठकले नागरिक उन्मुक्ति पार्टीसहितका विचार र सिद्धान्त मिल्नेसँग एकीकरण गर्न तीन सदस्यीय कार्यदल बनाएको थियो ।

कार्यदलमा अब्दुल खान, शरदसिंह यादव र बालगोविन्द चौधरी छन् । तर नाउपाले अहिलेसम्म कुनै निर्णय गरेको छैन ।

जनमतका प्रवक्ता शरदसिंह यादव आफूहरूले निर्णय गरिसकेको अब नाउपाको निर्णयको पर्खाइमा रहेको बताउँछन् ।

‘हामीले त एकीकरण गर्न केन्द्रीय कमिटी बैठकबाट कार्यदल बनाइसक्यौँ,’ प्रवक्ता यादवले भने, ‘नाउपाका साथीहरूसँग कुरा भइरहेको छ । संरक्षक रेशम चौधरी हामीसँग वार्तामा हुनुहुन्छ । अध्यक्ष रञ्जिता श्रेष्ठलाई पनि यसबारे जानकारी छ ।’

यादव जनमतको तर्फबाट एकीकरणबारे छलफल गर्ने स्पष्ट एजेन्डासहित तयारी भइरहेको देखिन्छ ।

नाउपाबाट केन्द्रीय कमिटीले निर्णय गरेपछि मात्र एकीकरण गर्ने या नगर्ने निर्णय आउने बताइन्छ ।

नाउपा सांसद गंगाराम चौधरीका अनुसार संसदीय दलको बैठक केही दिनअगाडि सम्पन्न भएको थियो । बैठकमा केन्द्रीय कमिटी बैठक राखेर एकीकरण हुने या नहुने छलफल चल्ने निर्णय भएको छ ।

‘हामीले पार्टी एकीकरण गर्नेबारे कुनै औपचारिक निर्णय गर्न पाएको छैन । चैत महिनाभित्रै पार्टी केन्द्रीय कमिटी बैठक छ,’ चौधरीले भने, ‘केन्द्रीय कमिटीको बैठकमा सदस्यहरूले धारणा राखेपछि मात्रै बहुमतले निर्णय गर्छ । अहिले केही भन्ने अवस्था छैन ।’

यता नाउपा र जनमत एकीकरण गर्ने सन्दर्भमा नाउपामा फरक मत देखिएको कुरा आएका छन् । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशमबीच मतान्तर हुँदा एकीकरण पेचिलो बनेको छ ।

रेशम एकीकरणको पक्षमा छन् भने श्रेष्ठ सकारात्मक छैनन् । यी श्रीमान्-श्रीमतीका कारण पार्टीमा समस्या उत्पन्न भएको केही नेताहरूको आरोप छ । यसबारे रेशम-रञ्जिता दुवै बोल्न चाहेका छैनन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहीबार  ५ : ५५ बजे

एकपछि अर्का नेताले रास्वपा छाड्दै, बागमती उपसभापति पनि हुमागाईं पनि बाहिरिए

काठमाडौं- खासगरी टिकट वितरणलाई लिएर देखिएको विवादपछि राष्ट्रिय स्वतन्त्र पार्टीबाट

चिनियाँ रोबोट कुकुरलाई आफूले बनाएको दाबी गर्ने भारतको गलगोटिया विश्वविद्यालय प्रश्नको घेरामा

काठमाडौं- भारतको एउटा विश्वविद्यालयले चिनियाँ रोबोट कुकुरलाई आफैँले बनाएको दाबी

प्रहरीले भन्यो- यसवर्ष सवारी दुर्घटनामा १ सय ३२ जनाले ज्यान गुमाए

काठमाडौं– उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालू आर्थिक वर्षमा सवारी दुर्घटनामा

एमालेको घोषणा पत्रमा परराष्ट्र नीति : सबैसँग मित्रता, भारत र चीनलाई पहिलो प्राथमिकता

काठमाडौं- नेकपा (एमाले) ले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि

प्रधानमन्त्री रहमानद्वारा १८० दिनको प्राथमिकता योजनाको रूपरेखा प्रस्तुत

एजेन्सी – बङ्गलादेशका नव निर्वाचित प्रधानमन्त्री तारिक रहमानले आफ्नो सरकारको