बझाङको सुनकुडा क्याम्पसमा कांग्रेस र समाजवादीका विद्यार्थीको ताला « Khabarhub

बझाङको सुनकुडा क्याम्पसमा कांग्रेस र समाजवादीका विद्यार्थीको ताला


२९ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

बझाङ– बझाङको सुनकुडा क्याम्पसमा तालाबन्दी भएको छ । नेपाली कांग्रेसनकिट नेपाल विद्यार्थी संघ (नेविसंघ) र विप्लव नेतृत्वको नेकपा निकट अखिल समाजवादीले बिहीबार क्याम्पसमा तालबन्दी गरेका हुन् ।

निर्वाचन अधिकृत हिक्मतबहादुर स्याडाको एकल निर्णयका कारण तालाबन्दी गर्न बाध्य भएको दुवै संगठनले जनाएका छन् । तालाबन्दी गरेका संगठनले निर्वाचन अधिकृत स्याडाको राजीनामा मागेका छन् ।

उनीहरूले समानुपातिकतर्फ दर्ता भएका ५ संगठनको छुट्टाछुट्टै उम्मेदवारी पेश गर्नुपर्ने भए पनि निर्वाचन अधिकृतले पूर्वाग्रह राखेर ३ संगठनको संयुक्त प्यानललाई समानुपातिकतर्फ उम्मेदवारी दिन लगाएर नामावली प्रकाशन गरेको आरोप लगाएका छन् ।

निर्वाचन निर्देशिकाबमोजिम संगठन दर्ता गरेर पाँच विद्यार्थी संगठनहरूमध्ये फागुन २७ गते तीन संगठनको प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फ संयुक्त प्यानल बनाएर उम्मेदवारी दर्ता गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहीबार  ६ : १५ बजे

कर्णालीले पोखराविरुद्ध पहिला फिल्डिङ गर्ने

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा कर्णाली याक्सले पोखरा

एक सातामा ५६ जनामा डेंगुको संक्रमण, संक्रमितको संख्या ८ हजार नाघ्यो 

काठमाडौं– पछिल्लो एक सातामा देशभर ५६ जनामा डेंगुको संक्रमण देखिएको

जाडो बढेसँगै रुघाखोकीका बिरामी बढे

चितवन– भरतपुर अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये २० प्रतिशत मौसमी

पुटिनको भारत भ्रमणले रणनीतिक साझेदारीलाई नयाँ गति दिने

नयाँदिल्ली– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमणलाई रणनीतिक साझेदारी पुनर्जीवित

योगेशनिकट ताप्लेजुङका दुई एमाले नेतालाई कारबाही, ६ महिनाका लागि निलम्बन

ताप्लेजुङ- नेकपा एमाले यतिबेला ११औँ राष्ट्रिय महाधिवेशनको संघारमा छ ।