व्यापार युद्धले तेलको माग वृद्धिमा कमी ल्याउनसक्ने आइइएको प्रक्षेपण « Khabarhub

व्यापार युद्धले तेलको माग वृद्धिमा कमी ल्याउनसक्ने आइइएको प्रक्षेपण


२९ फाल्गुन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – यस वर्ष तेलको विश्वव्यापी माग वृद्धिले गति लिने अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आइइए) ले जनाएको समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा आएसँगै सुरु भएको बढ्दो व्यापार युद्धका कारण बजारलाई प्रभावित पार्न सक्ने देखिएको छ । 

आइइएको तथ्यांक अनुसार ‘फेब्रुअरी र मार्चको सुरुमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ । विश्वव्यापी अर्थव्यवस्थामा व्यापार युद्धको प्रभावको बारेमा चिन्ता बढेको छ र ओपेक प्लस समूहले अर्को महिना उत्पादन बढाउने योजनाको पुष्टि गरेको छ ।

सन् २०२५ मा विश्वव्यापी तेलको माग दैनिक १० लाख ब्यारेल (बिपिडी) ले बढ्ने अनुमान गरिएको छ । यो सन् २०२४ मा आड लाख ३० हजार बिपिडी थियो । यसले यस वर्षको समग्र मागलाई तेलको कम मूल्य र चीनबाट आउने मागमा वृद्धिका कारण दश लाख ३९ हजार बिपिडीमा लैजानेछ। 

विकसित देशहरूलाई ऊर्जा नीतिबारे सल्लाह दिने निकायले सन् २०२४ को अन्तिम त्रैमासिक र यस वर्षको पहिलो तीन महिनाका लागि आफ्नो अनुमान घटाएको जनाएको छ ।

“नयाँ अमेरिकी करले सन् २०२५ मा विश्वव्यापी व्यापार र आर्थिक वृद्धिमा अवरोधको रूपमा काम गर्नेछ,” आईईएले आफ्नो मासिक तेल बजारबारे तयार पारेको प्रतिवेदनमा उल्लेख गरेको छ । 

आइइएका अनुसार आपूर्ति यस वर्ष छ लाख बिपिडीभन्दा बढी हुने अनुमान गरिएको छ, बिहीबार यो मूल्यांकनले कच्चा तेलको मूल्य घटाउन मद्दत गर्ने देखिएको छ । 

कच्चा तेलको मूल्य निर्धारणमा महत्त्वपूर्ण भूमिका खेल्ने ब्रेन्टको मूल्यमा ०.५ प्रतिशत कमी आई ग्रीनविच समएअनुसार बिहीबार बिहान १०ः५० प्रति ब्यारेल ७०.५७ डरमा कारोबार भएको छ । 
 

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहिबार  ६ : २५ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका