आमाबाट छुट्टिएको छावाको उद्धार « Khabarhub

आमाबाट छुट्टिएको छावाको उद्धार


२९ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

जकार्ता – इन्डोनेसियाली अधिकारीहरूले पाम तेलको बगानबाट आमासँग छुटेर अलपत्र अवस्थामा रहेको हात्तिको एक बच्चाको उद्धार गरिएको छ।

सङ्कटापन्न अवस्थामा रहेको सुमात्रेली हात्तीको छावालाई उद्धार गरिएको हो । ‘वल्र्ड वाइड फन्ड फर नेचर’का अनुसार विश्वमा दुई हजार ४०० देखि दुई हजार ८०० को हाराहारीमा मात्र रहेको सुमात्रेली हात्ती लोप हुने अवस्थामा पुगेका छन् ।

स्थानीय संरक्षण निकायका अधिकारी उजाङ होलिसुदिनले एएफपीलाई दिएको जानकारीअनुसार सुमात्राको पश्चिमी टापुको रियाउ प्रान्तमा रहेको पाम तेलको बगानमा सोमबार दुई महिनाको भाले छावा फेला परेको हो ।

उजाङले भने, “यो छावा उसको समूह वा उसकी आमाबाट संयोगबस छुट्टिएको हुन सक्छ । यो उसको आमाको अन्य कतै मृत्यु भएपछि एक्लिएको पनि हुनसक्छ।” उनले भने, “बगानमा एक्लो रहेको छावा भोकले भूईमा लडेको अवस्थामा कसैले देखेपछि प्रशासनलाई खबर गरेको र अहिले उसको उद्धार भएको छ ।”

“उक्त छावाको स्वास्थ्य परीक्षण भएको र स्वास्थ्य राम्रो रहेकोले उसलाई प्रान्तीय राजधानी पेकानबारु नजिकै रहेको संरक्षण निकायको हात्ती प्रशिक्षण केन्द्रमा ल्याइएको छ,” उनले बताए ।

अधिकारीहरूले उक्त क्षेत्रमा हात्तीको बथानको निगरानी गरिरहेका र देखिएमा छावालाई परिवारसँग पुनर्मिलन गर्न सकिन्छ कि भनेर थप प्राकृतिक उद्धारको पहल भइरहेको बताइएको छ । अवैध वन्यजन्तुको व्यापारमा बहुमूल्य मानिने हात्तीको दाँतको अत्यधिक चोरी सिकारले हात्तीको सङ्ख्या लाई खतरामा पारेको छ।

इन्डोनेसिया वन्यजन्तु अपराधसँग जुधिरहेको छ र हालैका वर्षहरूमा हात्तीको विषाक्तताका धेरै घटनाहरू भएका रोपोर्ट भएका छन्।वन फँडानीले उनीहरूको प्राकृतिक वासस्थानलाई पनि घटाएको छ र उनीहरूलाई मानिससँग बढ्दो द्वन्द्वमा ल्याएको छ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहीबार  ७ : ५९ बजे

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले

नेपाल बार एशोसिएशनले मनायो ७० औँ स्थापना दिवस

काठमाडौं– कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ७० औँ

१५ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने गगन थापाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५ औँ महाधिवेशनमा