आज २०८१ साल चैत ३१ गते आइतबारको राशिफल « Khabarhub

आज २०८१ साल चैत ३१ गते आइतबारको राशिफल


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल चैत ३१ गते आइतबार वैशाख कृष्ण पक्षको प्रतिपदा तिथि। २०८१ सालको अन्तिम दिन। तदनुसार सन् २०२५ अप्रिल १३ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : तपाईंको आजको दिन राम्रो छ। सहकार्यमा गरेको व्यापार बढ्नेछ। लगानी गर्न हिम्मत गर्नुपर्नेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। राजनीतिक क्षेत्रमा आत्मबल बलियो बनाएर काम गर्नुपर्नेछ।

वृष : आज तपाईलाई परिवारको साथ मिल्नेछ। बोलीकै कारण काम बन्नेछ। बोलीलाई परोपकारमा प्रयोग गर्नुपर्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा गहिरो अध्ययन गर्नुपर्ने समय आएको छ। अप्रिय खबरले सुन्नुपर्ने हुनसक्छ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ।

मिथुन : धार्मिक क्षेत्रमा मन जानेछ। प्राविधिक शिक्षामा भन्दा धार्मिक क्षेत्रमा मन जानेछ। परिवारभित्रबाट भन्दा बाहिरका व्यक्तिको साथ पाउँदा मन उत्साहित हुनेछ। परिवारलाई बढी विश्वास गर्दा धोका हुने जोखिम छ।

कर्कट : जग्गा सम्बन्धी कारोबारमा आज मन्दी आउने छ। स्वास्थ्यको ख्याल नगर्दा जटिल समस्या देखिनेछ। पश्चिमको लामो यात्रामा नजानु राम्रो हुनेछ। धार्मिक कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ।

सिंह : दिन सामान्य राम्रो छ। आम्दानीका स्रोत प्रशस्त छन्। एकल निर्णयले अवस्था जटिल बन्नसक्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। परिवारमा नयाँ सदस्य थप हुने सम्भावना रहेको छ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ।

कन्या : दिन राम्रो छ। धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारमा कामको बोझ थपिने छ। जिम्मेवार ढंगले अगाडि बढ्नुपर्नेछ। राजनीतिक क्षेत्रमा सचेत भएर अगाडि बढ्नुपर्नेछ।

तुला : तपाईंको राशिमा चन्द्रमा पुगेका छन्। अवरोध हट्नेछ। मन प्रशन्न बन्नेछ। बौद्धिक क्षेत्रमा गरेको लगानी सार्थक बन्नेछ। विपक्षी साथीले तपाईंको प्रशंसा गर्नेछन्। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : दिन सामान्य छ। ठुलो लगानी नगर्नु उचित हुन्छ। स्वदेशमै रोजगारीका अवसर प्राप्त हुनेछन्। राजनीतिमा विपक्षी सक्रिय भएकाले सचेत बन्नुपर्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नुपर्नेछ।

धनु : दिन राम्रो छ। तपाईंले गरेको कामको प्रशंसा हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। बौद्धिक साथीको साथ मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। सोचेका काम बन्नेछन्।

मकर : दिन सहज छ। गुम्न लागेको सम्पत्ति हात लाग्नेछ। व्यापारमा सहकार्य गरेर अगाडि बढ्नुपर्ने समय छ। राजनीतिक क्षेत्रमा तपाईंको विरोध हुनेछ। शिक्षामा जोस र जाँगर बढ्नेछ। प्रेममा धोका हुनेछ।

कुम्भ : मुल त्रिकोणमा चन्द्रमा पुगेका छन्। मनमा सन्तुष्टि मिल्नेछ। धार्मिक क्षेत्रमा झुकाब रहनेछ। दान गरेर अगाडि बढ्नुपर्ने दिन छ। पिपलमा पानी चढाएर दिनको सुरुवात गर्नुपर्नेछ। सम्पत्तिको पछि लाग्दा स्वास्थ्यमा भने समस्या हुनेछ।

मीन : दिन सामान्य छ। काम गर्दा सचेत बन्नुपर्नेछ। सम्पत्तिका स्रोत प्रशस्त भए पनि स्वास्थ्यमा समस्या हुनेछ। विपक्षी साथीको साथ मिल्नेछ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ५ : ०४ बजे

राजनीतिमा पुस्ता : उमेरको होइन, चरित्रको बहस गरौँ

नेपालको राजनीतिमा अहिले एउटा लोकप्रिय, तर सरलीकृत कथन बारम्बार दोहोरिन्छ–

भ्रष्टाचारको छानबिनमाथि कांग्रेस, नेकपा र रास्वपाको एकमत, एमाले भने मौन

काठमाडौं– मुलुकमा भएको भ्रष्टाचारको छानबिन गर्ने विषयमा नेपाली कांग्रेस, नेपाली

मीनबहादुर गुरुङको प्रश्न : कसैलाई सहयोग गर्‍यो, दान गर्‍यो भन्दैमा जलाउने ?

काठमाडौं- भाटभटेनी सुपरमार्केटका सञ्चालक एवम् व्यवसायी मीनबहादुर गुरुङले जेन-जीका नाममा

दुर्गा प्रसाईंको रिहाइ माग्दै राजावादीको प्रदर्शन

काठमाडौं– वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्न माग गर्दै काठमाडौंमा

एन्फा राष्ट्रिय लिगमा एपीएफको सहज जित

काठमाडौं– एन्फा राष्ट्रिय लिगमा सशस्त्र प्रहरीको एपीएफ क्लवले नव जनजागृति