ओमानमा अमेरिकी र इरानी प्रतिनिधिको आणविक सहमतिका लागि वार्ता « Khabarhub

ओमानमा अमेरिकी र इरानी प्रतिनिधिको आणविक सहमतिका लागि वार्ता


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ओमानमा अमेरिकी र इरानी अधिकारीबीच आणविक कार्यक्रमको विषयमा छलफल भएको छ। सन् २०१८ यता यी दुई देशबीच वार्ता भएको यो पहिलो पटक हो। दुवै देशले वार्ता सकारात्मक भएको बताउँदै अर्को साता दोस्रो वार्ता गर्ने जनाएका छन्।

यस अघि सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो कार्यकालमा आणविक सम्झौताबाट बाहिर आउने निर्णय गरेका थिए। दुई घण्टा ३० मिनेट लामो वार्तापछि आयोजित पत्रकार सम्मेलनमा सो वार्ता सकारात्मक भएको बताइएको हो।

सुरुवाती चरणका अप्रत्यक्ष वार्ताको वातावरण बनाउनका लागि ओमानले मुख्य भूमिका निर्वाह गरेको थियो। वार्तामा इरानको नेतृत्व विदेशमन्त्री अबास अराग्चीेले यसलाई सकारात्मक रूपमा लिएको बताए।

अमेरिकी नेतृत्वमा गरेका ट्रम्पका विशेष दूत स्टिभ विटकोफले वार्ता सफल नभए गम्भीर दुर्घटना निम्तन सक्ने चेतावनी दिए।

दुई टोली भिन्न कोठामा बसेर वार्ता भएको थियो । ओमानका विदेशमन्त्री बाद्र बिन हमाद अल बुसाउदीले सन्देश आदानप्रदान गरेका थिए।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ६ : १६ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना