मुलपानी मैदानमा यू-१९ विश्वकप एसिया छनोट : आज नेपालको भिडन्त यूएईसँग « Khabarhub

मुलपानी मैदानमा यू-१९ विश्वकप एसिया छनोट : आज नेपालको भिडन्त यूएईसँग


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइतबारदेखि काठमाडौंको मुलपानी क्रिकेट मैदानमा आइसिसी यू-१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोट हुँदैछ।

आइतबारदेखि सुरु हुने खेल आगामी वैशाख ६ गतेसम्म सञ्चालन हुनेछन्। खेल माथिल्लो र तल्लो मूलपानी अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुनेछन्। घरेलु टोली नेपालले पहिलो खेलमा आइतबार युएईसँग प्रतिस्पर्धा गर्नेछ।

नेपाली टोलीमा नरेन भट्टको कप्तानीमा अभिषेक तिवारी, निरज के यादव, साहिल पटेल, सिब्रिन श्रेष्ठ, रोशन विश्वकर्मा, दर्श सोनार, दिलसाद अली रहेका छन्। यस्तै, सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अपराजित पौडेल, युवराज खत्री, बिपिनप्रसाद शर्मा टोलीमा अटाएका छन्।

खेलको पूर्वसन्ध्यामा शनिबार काठमाडौँमा नेपाल क्रिकेट सङ्घ (क्यान) ले पत्रकार सम्मेलनमार्फत ट्रफी सार्वजनिक गरिसकेको छ।

ट्रफीलाई नेपाली यू-१९ पुरुष क्रिकेट टोलीका कप्तान नरेन भट्टसहित युएई, ओमान, अफगानिस्तान र हङकङका कप्तानले संयुक्त रूपमा सार्वजनिक गरेका हुन्।

पत्रकार सम्मेलनमा नेपालका कप्तान भट्टले नेपालको टोली सन्तुलित रहेको बताउँदै आफूहरूले राम्रो प्रदर्शन गर्ने बताए। युएई, ओमान, अफगानिस्तान र हङकङका कप्तानहरुले पनि मैदानमा राम्रो प्रदर्शन गर्ने जिकिर गरेका छन्।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ६ : ३१ बजे

प्रतिनिधिसभा निर्वाचन लक्षित टिकटक प्रतियोगिता, विजेताले पाउनेछन् ५० हजार

काठमाडौं– आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई

प्रमुख राजनीतिक दलको घोषणापत्र : ऊर्जा क्षेत्र विशेष प्राथमिकतामा

काठमाडौं– प्रमुख राजनीतिक दलले मुलुकको आर्थिक समृद्धिसँग जोडिएको प्रमुख क्षेत्रका

युएईका नेताहरूद्वारा प्रजातन्त्र दिवसको शुभकामना

काठमाडौं– संयुक्त अरब इमिरेट्स (युएई)का राष्ट्रपति शेख मोहम्मद बिन जायेद

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

साताको कार्टुन

काठमाडौं – सार्वजनिक बहस र राजनीतिक तनावबीच यो कार्टुनले वर्तमान