असिनाले गहुँबाली र तरकारीमा क्षति « Khabarhub

असिनाले गहुँबाली र तरकारीमा क्षति


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

बैतडी– वर्षासँगै परेको असिनाले सुदूरपश्चिम प्रदेशमा बालीनाली र तरकारीमा क्षति पुगेको छ । शनिबार अपराह्न परेको असिनापानीले  पाक्न लागेको गहुँबाली, तरकारी र बिरुवामा ठूलो क्षति गरेको किसानले बताएका छन् ।

जिल्लाको दोगडाकेदार, सिगास, सुर्नया गाउँपालिका र पाटन नगरपालिकाका विभिन्न क्षेत्रमा असिनाले तरकारी, फलफूल र अन्नबालीमा क्षति पुर्‍याएकाे । बैतडीका साथै सुदूरपश्चिम प्रदेशका अन्य जिल्लामा पनि असिनापानीले अन्न र तरकारी बाली नष्ट गरेको जनाइएको छ ।

अन्नबाली भित्र्याउने समयमा परेको असिनाले पाक्नै लागेको गहुँबालीमा व्यापक क्षति भएको सिगास गाउँपालिका– ९ का रामबहादुर चन्दले जानकारी दिए । उनले भने, ‘गहुँ पाकेर भित्र्याउने तयारी भएको थियो, असिनापानीले सबै नष्ट भयो ।’

दोगडाकेदार– ६ सित्तडका दलबहादुर कार्कीले पनि असिनाले गहुँबालीका साथै तरकारी समेत नष्ट गरेको बताए । फलफूल, आलु, प्याज, लसुन,  खुर्सानी, बन्दा, काउली, टमाटरका बेर्नामा क्षति पुगेको उनको भनाइ छ ।

कृषि ज्ञान केन्द्रले यकिन विवरण आउन नसके पनि अन्नबाली र तरकारीमा क्षति पुगेको जनाएको छ ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ६ : ३५ बजे

अमेरिका–युरोप सम्बन्ध बलियो र नजिक छ : बेसेन्ट

एजेन्सी– अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले मंगलबार युरोपसँग अमेरिकाको सम्बन्ध बलियो

कञ्चनपुर–२ मा एनपी साउदले दर्ता गरे उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसका नेता एनपी साउदले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी

जनभावनालाई प्राथमिकता दिन विभागीय प्रमुखलाई कार्यवाहक प्रमुख डंगोलको निर्देशन

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महानगरपालिकाका असल

राजेन्द्र लिंङ्देनले गरे झापा ३ बाट उम्मेदवारी दर्ता

काठमाडौं– राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा ३ बाट उम्मेदवारी दर्ता

रमेश लेखकले टिकट नपाएपछि जलाइयो गगन र विश्वप्रकाशको पुत्ला

काठमाडौं- पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रतिनिधि सभाको टिकट नदिएको भन्दै उनका