असिनाले गहुँबाली र तरकारीमा क्षति « Khabarhub

असिनाले गहुँबाली र तरकारीमा क्षति


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

बैतडी– वर्षासँगै परेको असिनाले सुदूरपश्चिम प्रदेशमा बालीनाली र तरकारीमा क्षति पुगेको छ । शनिबार अपराह्न परेको असिनापानीले  पाक्न लागेको गहुँबाली, तरकारी र बिरुवामा ठूलो क्षति गरेको किसानले बताएका छन् ।

जिल्लाको दोगडाकेदार, सिगास, सुर्नया गाउँपालिका र पाटन नगरपालिकाका विभिन्न क्षेत्रमा असिनाले तरकारी, फलफूल र अन्नबालीमा क्षति पुर्‍याएकाे । बैतडीका साथै सुदूरपश्चिम प्रदेशका अन्य जिल्लामा पनि असिनापानीले अन्न र तरकारी बाली नष्ट गरेको जनाइएको छ ।

अन्नबाली भित्र्याउने समयमा परेको असिनाले पाक्नै लागेको गहुँबालीमा व्यापक क्षति भएको सिगास गाउँपालिका– ९ का रामबहादुर चन्दले जानकारी दिए । उनले भने, ‘गहुँ पाकेर भित्र्याउने तयारी भएको थियो, असिनापानीले सबै नष्ट भयो ।’

दोगडाकेदार– ६ सित्तडका दलबहादुर कार्कीले पनि असिनाले गहुँबालीका साथै तरकारी समेत नष्ट गरेको बताए । फलफूल, आलु, प्याज, लसुन,  खुर्सानी, बन्दा, काउली, टमाटरका बेर्नामा क्षति पुगेको उनको भनाइ छ ।

कृषि ज्ञान केन्द्रले यकिन विवरण आउन नसके पनि अन्नबाली र तरकारीमा क्षति पुगेको जनाएको छ ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ६ : ३५ बजे

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ