अमेरिकी करको पछिल्लो निर्णय स्मार्टफोन र कम्प्युटरमा लागु नहुने « Khabarhub

अमेरिकी करको पछिल्लो निर्णय स्मार्टफोन र कम्प्युटरमा लागु नहुने


३० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

वाशिंटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नयाँ कर नीतिको दायरबाट स्मार्ट फोन र कम्प्युटरलाई बाहिर राखेको छ। योसहित केही इलेक्ट्रोनिक्स डिभाइसमा ‘ट्यारिफ’ नलाग्ने भएको छ।

चिनियाँ सामानमा १२५ प्रतिशत कर लगाउने निर्णय भइसके पनि पछिल्लो निर्णयले यो समेत प्रभावित भएको छ।

अमेरिकी कस्टम एन्ड बोर्डर पेट्रोलले शुक्रबार राति सूचना निकाल्दै धेरै सामानमा विश्वव्यापी रूपमा नै लगाइएको १० प्रतिशत कर नलाग्ने जनाएको हो। साथमा चीनमा लगाइएको अत्यधिक करको निर्णय पनि लागु नहुने जनाएको छ।

धेरै अमेरिकी ग्याजेट कम्पनीले आफ्ना उत्पादनको मूल्यले आकाश नै छुने चिन्ता व्यक्त गरेपछि प्रशासन यो निर्णय गर्न बाध्य भएको हो। यी मध्य धेरै जसो चीनमा नै बन्ने गरेका छन्।

एक व्यापार विश्लेषकले यो गेम चेन्जर निर्णय भएको बताए। ५ अप्रिलकै अवस्थामा फर्काउने यो निर्णयमा सेमी कन्डक्टर, सोलार सेल र मेमोरी कार्ड लगायत डिभाइस सामेल हुने छन्।

वेड बस्क सेक्यरिटिज अन्तरगतको प्राविधिक अनुसन्धानका विश्वव्यापी प्रमुख डान इभासले सामाजिक सञ्जालमा लेख्दै एपल निभिडिया र माइक्रोसफ्ट जस्ता कम्पनीले राहतको सास फेर्न पाएको बताए।

प्रकाशित मिति : ३० चैत्र २०८१, आइतबार  ७ : ५८ बजे

दसैँ बिदा सकिएसँगै सरकारी कार्यालय खुले, काठमाडौंमा चहलपहल बढ्यो

काठमाडौं– नेपालीहरूको सबैभन्दा ठूलो चाड बडादसैँ सकिएसँगै सरकारी कार्यालयहरू सोमबारबाट

क्रिकेटको जोश, संगीतको ऊर्जा : एक्स्ट्रीम एन्थम सार्वजनिक !

काठमाडौं– क्रिकेटको रोमाञ्चमा संगीतको नयाँ ऊर्जा थप्दै एक्स्ट्रीम इनर्जी ड्रिङ्कले

कांग्रेसको छवि सुधार्न प्रयत्नशील छौँ : महामन्त्री पौडेल

दमौली- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको छवि सुधार्न आफूहरू प्रयत्नशील

कांग्रेस नवनिर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यकोशपथ बिहीबार

ललितपुर– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यको शपथ

कुहिरोको घुम्टोभित्र हराएको मानुङकोट, बढ्न थाल्यो आन्तरिक पर्यटकको चहलपहल

दमौली– बिहानको झिसमिसे उज्यालोसँगै मानुङकोटको डाँडाबाट तल हेर्दा दमौली बजार कुहिरोको