खानेपानी सञ्चित गर्न  निःशुल्क ट्याङ्की वितरण « Khabarhub

खानेपानी सञ्चित गर्न  निःशुल्क ट्याङ्की वितरण


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

खोटाङ- खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका १०६ उपभोक्तालाई खानेपानी सञ्चित गर्न ट्याङ्की प्रदान गरिएको छ । वर्षौँदेखि खानेपानीको समस्या खेप्दै आएका नुनथलावासीलाई पानी सङ्कलन गर्न मझुवागढी–१३ ले  निःशुल्क ट्याङ्की वितरण गरेको हो ।

‘नुनथलामा लामो समयदेखि खानेपानीको समस्या छ । नुनथलाका २४५ घर उपभोक्ताले २०४१ सालमा सञ्चालित लोचाखोला मुहानको खानेपानी योजनाबाट पानी उपभोग गरिरहेका छन्’, वडाध्यक्ष भगेश्वर राईले भने, ‘पानीको स्रोत सानो भएकाले हरेक दिन १२ घण्टा जम्मा गरेर तीन घण्टा वितरण गर्ने गरिएको छ । अधिकांशको घरमा उक्त पानी सङ्कलन गरेर राख्ने भाँडो छैन, धारामा आएको समयमा पानी थाप्न नपाउने घरपरिवारले उपभोग गर्न नपाउने भएपछि ट्याङ्की वितरण गरिएको हो ।’

यसका लागि वडाले यस वर्ष १० लाख रकम विनियोजन गरेको थियो । लोचाखोला खानेपानी योजना मर्मतका लागि तत्कालीन १ नम्बर प्रदेश सरकारले २०७८ सालदेखि क्रमागत योजनाअन्तर्गत बजेट तथा सामग्री उपलब्ध गराउँदै आएको छ । यद्यपि, उक्त योजनामा कति खर्च भयो भन्ने वडा कार्यालयसँग एकीन विवरण छैन ।

मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडकखण्डमा पर्ने नुनथलाको अधिकांश क्षेत्रमा खानेपानीको समस्या छ । नुनथलाको खानेपानी समस्या समाधानका लागि मुहानको अभाव रहेको वडाध्यक्ष राईले जानकारी दिए ।  

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ८ : ५७ बजे

अमेरिका–युरोप सम्बन्ध बलियो र नजिक छ : बेसेन्ट

एजेन्सी– अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले मंगलबार युरोपसँग अमेरिकाको सम्बन्ध बलियो

कञ्चनपुर–२ मा एनपी साउदले दर्ता गरे उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसका नेता एनपी साउदले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी

जनभावनालाई प्राथमिकता दिन विभागीय प्रमुखलाई कार्यवाहक प्रमुख डंगोलको निर्देशन

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महानगरपालिकाका असल

राजेन्द्र लिंङ्देनले गरे झापा ३ बाट उम्मेदवारी दर्ता

काठमाडौं– राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा ३ बाट उम्मेदवारी दर्ता

रमेश लेखकले टिकट नपाएपछि जलाइयो गगन र विश्वप्रकाशको पुत्ला

काठमाडौं- पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रतिनिधि सभाको टिकट नदिएको भन्दै उनका