कुमारी, महालक्ष्मी विकास र सप्तकोशी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा  « Khabarhub

कुमारी, महालक्ष्मी विकास र सप्तकोशी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा 


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तीन बैंकको आइतबारबाट संस्थापक शेयर बिक्रीमा रहेको छ । कुमारी बैंक, महालक्ष्मी विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको संस्थापन शेयरधनीको नाममा हरेको शेयर बिक्रीमा आएको हो । 

कुमारीको संस्थापक शेयर धनीको नाममा हरेको २ लाख १४ हजार कित्ता शेयर बिक्रीमा रहेको छ । जसमा अन्य विद्यमान संस्थापक शेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । 

३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा आवेदन दिनु पर्ने सूचनामा उल्लेख छ । 

शेयर भाउ भने बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख छ । ३५ दिन भित्र संस्थापन शेयरधनीले नकिने अन्य व्यक्ति तथा संस्थाको लागि उक्त शेयर बिक्री खुल्ला गरिने सूचनामा उल्लेख छ । 

त्यस्तै, महालक्ष्मी विकास बैंकले १५ लाख १४ हजार २५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । जसमा जो कोही व्यक्ति तथा संस्थाले आवेदन दिन सक्ने छन् । 

उक्त शेयरको मूल्य प्रतिकित्ता न्यूनतम ११० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । महालक्ष्मीको संस्थापक शेयरमा वैशाख १४ गतेसम्म आवेदन दिन मिल्नेछ । 

यसको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, नारायणचौर नक्साल काठमाडौंमा रहेको छ । 

साथै, सप्तकोशी डेभलपमेन्ट बैंकले ४० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । उक्त शेयरमा जो कोही व्यक्ति तथा संस्थाले आवेदन दिन सक्ने छन् । 

उक्त शेयरको प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
 
सप्तकोशीको शेयरमा वैशाख ८ गतेसम्म आवेदन दिन मिल्नेछ । बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल, बाटुलेघर डिल्लीबजार काठमाडौं हरेको छ ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  १२ : ३३ बजे

त्रिशूलीमा भेटिएको बसको आज पनि उत्खनन गरिँदै

तनहुँ– तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको

नेपाली विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह आज प्रक्षेपण गरिँदै

ललितपुर– नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले स्वदेशमा नै विकसित ‘मुनाल’

आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आजको मौसम पूर्वानुमान : तराईका अधिकांश भागमा हुस्सु र कुहिरो

काठमाडौं – नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको

सुपर कपको उपाधि बार्सिलोनालाई : फाइनलमा राफिन्हाले गरे दुई गोल

काठमाडौं – स्पेनिस सुपर कपको उपाधि बार्सिलोनाले उचालेको छ ।