धनगढीमा करेन्ट लागेर आमाको मृत्यु, छोरा घाइते « Khabarhub

धनगढीमा करेन्ट लागेर आमाको मृत्यु, छोरा घाइते


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

धनगढी– धनगढीमा करेन्ट लागेर आमाको मृत्यु भएको छ भने छोरा घाइते छन् । धनगढी उपमहानगरपालिका–१९ को फूलबारीमा अन्दाजी २५ वर्षीया विमला कुँवरको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुँवरलाई मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेको थियो । उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका हुन् ।

करेन्ट लागेर उनका तीन वर्षीय छोरा प्रजल कुँवर घाइते भएका छन् । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

त्यसतै यता कैलालीको गोदावरीमा एक जनाले आफ्नै घरमा आगो लगाएका छन् । गोदावरी नगरपालिका–६ को चौधरी टोल बस्ने २७ वर्षीय अनिलबहादुर चौधरीले शनिबार आफ्नै टिनले छाएको एक तले घरमा आगो लगाएको प्रहरीले जनाएको छ ।

आगलागीबाट घरभित्र रहेका लत्ता कपडा, अन्न जलेर नष्ट भएर साढे २ लाखको क्षति भएको छ । प्रहरीकाअनुसार घरमा आगो लगाउने चौधरीलाई नियन्त्रणमा लिए पनि उनको मानसिक सन्तुलन बिग्रिएको पाइएको छ ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  १ : २८ बजे

नयाँ प्रधानमन्त्री बालेनको शपथ आज

काठमाडौँ– मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल चैत १३ गते शुक्रबार चैत

आज २०८२ साल चैत १३ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत १३ गते शुक्रबार चैत

अब प्रधानमन्त्री कार्यालय परिसर छिर्नै बालेनको सचिवालयको अनुमति चाहिने

काठमाडौँ- शुक्रबार देशले नयाँ प्रधानमन्त्री पाउँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीका

सिंहदरबारमा बालेनको आसन तयार, उत्तर फर्काएर राखियो कुर्सी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका नेता तथा वरिष्ठ