प्रधानमन्त्रीद्वारा गौरादह नगर अस्पतालको शिलान्यास « Khabarhub

प्रधानमन्त्रीद्वारा गौरादह नगर अस्पतालको शिलान्यास


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगर अस्पतालको आज शिलान्यास गरेका छन् । नगरपालिकाको वडा नं १ स्थित चौतु चोकमा आयोजित कार्यक्रममा उनले शिलान्यास गरेका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले निर्माण हुने अस्पतालले स्थानीय बासिन्दाका साथै छिमेकी भारतका जनताको उपचारको सुविधा दिन सक्ने बताए ।

उनले आवश्यकता आधारमा अस्पतालको सेवा विस्तार गर्दै जान सकिने जनाउँदै सूचना र प्रविधिको उपयोगबाट सरकार हरेक क्षेत्रमा आधारभूत सेवा उपलब्ध गराउन क्रियाशील रहेको बताए  । 

मुलुकलाई रचनात्मक कामबाट विकसित गराउने अभियानमा सरकार रहेकाले युवाहरूलाई स्वदेशमै व्यावसायिकता र रोजगारीमा लाग्न प्रधानमन्त्रीले आग्रह गरे ।

दुई बिघामा १२ करोड ५९ लाख ७९ हजार ४९६ रुपैयाँको लागतमा २०८३ साल माघ १४ भित्र बन्नेगरी जे एण्ड जे निर्माण सेवासँग सम्झौता भएको छ ।

प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा २०७५ सालमा सबै स्थानीय तहमा १५ शय्याको आधारभूत अस्पताल निर्माण गर्ने घोषणा भएकामा जग्गाप्राप्तिमा विलम्ब भएका कारण गौरादहमा अस्पताल भवन निर्माण सुरु हुन सकेको थिएन ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की उपस्थित थिए  ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  १ : ३१ बजे

अमेरिका–युरोप सम्बन्ध बलियो र नजिक छ : बेसेन्ट

एजेन्सी– अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले मंगलबार युरोपसँग अमेरिकाको सम्बन्ध बलियो

कञ्चनपुर–२ मा एनपी साउदले दर्ता गरे उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसका नेता एनपी साउदले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी

जनभावनालाई प्राथमिकता दिन विभागीय प्रमुखलाई कार्यवाहक प्रमुख डंगोलको निर्देशन

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महानगरपालिकाका असल

राजेन्द्र लिंङ्देनले गरे झापा ३ बाट उम्मेदवारी दर्ता

काठमाडौं– राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा ३ बाट उम्मेदवारी दर्ता

रमेश लेखकले टिकट नपाएपछि जलाइयो गगन र विश्वप्रकाशको पुत्ला

काठमाडौं- पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रतिनिधि सभाको टिकट नदिएको भन्दै उनका