प्रचण्डको संकेत- वैशाख लागेसँगै देश नयाँ दिशातिर जान्छ, कांग्रेस नेतृत्वमा सरकार बन्छ « Khabarhub

प्रचण्डको संकेत- वैशाख लागेसँगै देश नयाँ दिशातिर जान्छ, कांग्रेस नेतृत्वमा सरकार बन्छ


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छिट्टै नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने संकेत गरेका छन् ।

आइतबार गृहजिल्ला चितवन पुगेका उनले सञ्चारकर्मीसँग कुरा गर्दै आफूले केही नयाँ अनुभवका आधारमा कांग्रेसको नेतृत्वमा सरकार बन्ने कुरा गरेको बताएका हुन् ।

अब देश कांग्रेसको नेतृत्वमा सरकार बन्ने दिशातिर अगाडि बढ्ने विश्वास उनले लिएका छन् ।

आफूले प्रतिनिधिसभामा विश्वासको मत लिने बेलादेखि नै सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार बन्नु सही हुने बताइरहेको उनको जिकिर थियो ।

‘मैले त विश्वासको मत लिँदादेखि नै सही कुरा के हो भने सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार बन्ने सही कुरा हो भनेको थिएँ’, उनले भने, ‘अहिले थुप्रै घटनाक्रम नयाँ भइसेका छन् । केही नयाँ अनुभवसहित यो कुरा भनेको हुँ । अहिले मलाई धेरै बोल्न नलगाउँदा राम्रो । केही नयाँ कुराका आधारमा यो कुरा भनेको हो । देश त्यही दिशातिर जान्छ ।’

प्रचण्डले आफ्नो ध्यान सरकारमा नभए पनि केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार अगाडि जान सहज नरहेको परिस्थितिले देखाइरहेको सुनाए । यो सरकारविरुद्ध चौतर्फी आक्रोश, आवेग र असन्तुष्टि बढ्दै गएको उनको तर्क छ । ‘परिस्थिति निकै नै जटिल र पेचिलो बन्दै गएको छ’, उनले भने, ‘मलाई लाग्छ, नयाँ वर्षले निकास लिएर आउँछ ।’

अध्यक्ष प्रचण्डले नेपालको वर्तमान राजनीतिमा कुनै पनि सम्भावना रहेको बताए । उनले यसअघि पनि कांग्रेसलाई साथ दिन तयार रहेको बताइरहेका छन् । यस भनेर कांग्रेस र एमालेबीच फाटो ल्याउन खोजे पनि उनी आफैंले भने सरकारमा नजाने जिकिर गरिरहेका छन् ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  १ : ४४ बजे

विश्वकपकै सर्वाधिक गोलकर्ता बने एमबाप्पे

काठमाडौँ – किलियन एमबाप्पेले विश्वकप इतिहासमा सर्वाधिक २२ गोलको कीर्तिमान

साकाको ह्याट्रिकमा इङ्गल्यान्ड बन्यो विश्वकपमा तेस्रो : फ्रान्स ६–४ ले पराजित

काठमाडौँ – बुकायो साकाको उत्कृष्ट ह्याट्रिकको मद्दतले फ्रान्सलाई ६–४ ले

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन ३ गते आइतबार सन् २०२६

आज २०८३ साल साउन ३ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ३ गते आइतबार सन् २०२६