प्रचण्डको संकेत- वैशाख लागेसँगै देश नयाँ दिशातिर जान्छ, कांग्रेस नेतृत्वमा सरकार बन्छ « Khabarhub

प्रचण्डको संकेत- वैशाख लागेसँगै देश नयाँ दिशातिर जान्छ, कांग्रेस नेतृत्वमा सरकार बन्छ


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छिट्टै नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने संकेत गरेका छन् ।

आइतबार गृहजिल्ला चितवन पुगेका उनले सञ्चारकर्मीसँग कुरा गर्दै आफूले केही नयाँ अनुभवका आधारमा कांग्रेसको नेतृत्वमा सरकार बन्ने कुरा गरेको बताएका हुन् ।

अब देश कांग्रेसको नेतृत्वमा सरकार बन्ने दिशातिर अगाडि बढ्ने विश्वास उनले लिएका छन् ।

आफूले प्रतिनिधिसभामा विश्वासको मत लिने बेलादेखि नै सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार बन्नु सही हुने बताइरहेको उनको जिकिर थियो ।

‘मैले त विश्वासको मत लिँदादेखि नै सही कुरा के हो भने सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार बन्ने सही कुरा हो भनेको थिएँ’, उनले भने, ‘अहिले थुप्रै घटनाक्रम नयाँ भइसेका छन् । केही नयाँ अनुभवसहित यो कुरा भनेको हुँ । अहिले मलाई धेरै बोल्न नलगाउँदा राम्रो । केही नयाँ कुराका आधारमा यो कुरा भनेको हो । देश त्यही दिशातिर जान्छ ।’

प्रचण्डले आफ्नो ध्यान सरकारमा नभए पनि केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार अगाडि जान सहज नरहेको परिस्थितिले देखाइरहेको सुनाए । यो सरकारविरुद्ध चौतर्फी आक्रोश, आवेग र असन्तुष्टि बढ्दै गएको उनको तर्क छ । ‘परिस्थिति निकै नै जटिल र पेचिलो बन्दै गएको छ’, उनले भने, ‘मलाई लाग्छ, नयाँ वर्षले निकास लिएर आउँछ ।’

अध्यक्ष प्रचण्डले नेपालको वर्तमान राजनीतिमा कुनै पनि सम्भावना रहेको बताए । उनले यसअघि पनि कांग्रेसलाई साथ दिन तयार रहेको बताइरहेका छन् । यस भनेर कांग्रेस र एमालेबीच फाटो ल्याउन खोजे पनि उनी आफैंले भने सरकारमा नजाने जिकिर गरिरहेका छन् ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  १ : ४४ बजे

भूराजनीतिका नाममा शंकर पोखरेल चिप्लिएपछि…

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेल भूराजनीतिका नाममा चिप्लिएका

एकैपटक ११२ आयोजनाका लागि ठेक्का आह्वान

खोटाङ– भौतिक पूर्वाधार कार्यालय खोटङले ११२ आयोजनाका लागि ठेक्का आह्वान

संसद पुनर्स्थापनासम्बन्धी कांग्रेसको पूरक रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं– नेपाली कांग्रेससहित ६८ सांसदको हस्ताक्षरसहित प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सर्वोच्चमा

फुङलिङमा भालुको आतंक, नियन्त्रणमा लिन खोर निर्माण

ताप्लेजुङ– ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका

काँकरभिट्टाबाट पाँच महिनामा करिब ८ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा– चालु आर्थिक वर्ष (आव) २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका