तीन करोडको लागतमा बालकुमारी मन्दिरको पुनर्निर्माण « Khabarhub

तीन करोडको लागतमा बालकुमारी मन्दिरको पुनर्निर्माण


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित बसिक्व टोलमा बालकुमारी माताको परम्परागत शैलीको मन्दिर निर्माण सुरु गरिएको छ । 

मन्दिर, सत्तल, पाटीलगायत संरचना निर्माणका लागि तयार पारिएको गुरुयोजनाअनुसार कूल रु तीन करोड ५० लाखको लागत मन्दिर निर्माण सुरु भएपछि धार्मिक सम्पदा पुनर्निर्माणको काम पूरा गर्न महायज्ञ लगाइने भएको छ ।

आज मन्दिर परिसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा महायज्ञ आयोजक मूल समारोह समितिका संयोजक इ श्रीराम चपलछें श्रेष्ठले मन्दिरको अधुरो काम पूरा गर्न महायज्ञको आयोजना गर्न लागेको बताए ।

परापूर्वकालमा रहेको लिच्छवीकालीन ढुङ्गेधारासहितको फल्चा, कुवा, पुरिएर लोप भएको अवस्थामा स्थानीय नागरिक स्वर्गीय चन्द्रलाल चपलछें श्रेष्ठको परिवारले २०७२ सालमा वर र पीपलको विवाहसमेत गराई ढुङ्गेधारालगायतको फल्चा, कुवा निर्माण गरेको उनले जानकारी दिए । 

उक्त स्थानमा पर्खाल लगाएर शिवको मन्दिर आठ वटा खोपामा कुमार, गणेश, भीमसेन, दक्षिणकाली, दुर्गा, सरस्वती, विष्णु र विश्वकर्माको मूर्ति स्थापना गरी पूजा गरिँदै आएको छ । नेवारको आराध्यदेव बालकुमारी मन्दिर स्थापना गर्ने योजनाअनुरुप बालकुमारी मन्दिरको स्थापना गरी प्रत्येक वर्ष वैशाख १ गते बिस्केट जात्रामा बालकुमारीको रथ यात्रागरी मन्दिरमा परिक्रमा गर्दै आएको उनले जानकारी दिए । 

बालकुमारी मन्दिरको पुनर्निर्माणका लागि नगरपालिकाबाट पहिलो पटक सात लाख ७५ हजार रुपैयाँ, बागमती प्रदेश सरकारबाट १५ लाख रुपैयाँ बजेट आएर दुई तलाको बालकुमारीसत्तल निर्माण जारी रहेको संयाजक श्रेष्ठले जानकारी दिए । 

नगरपालिकाबाट आव २०७१/८० मा १४ लाख र आव २०८०/८१ मा २० लाख र आव २०८१/८२ मा २५ लाख रुपैयाँ नगरपालिकाबाट विनियोजन भएको र बागमती प्रदेश सरकारबाट थप १२ लाख रुपैयाँ विनियोजित गरी धार्मिक संरचना निर्माण भइरहेको छ । 

बालकुमारी माताको मन्दिरलगायत विभिन्न धार्मिक संरचनाको निर्माणका लागि कलात्मक काठ खरिद गर्न एक करोड ६६ लाख र पित्तलको छानो छाउन ७३ लाख रुपैयाँ लगायत विभिन्न संरचना निर्माण सम्पन्न गर्न कूल तीन करोड ५८ लाख रुपैयाँको लागत लाग्ने परियोजनामा उल्लेख छ ।

महायज्ञ सफल पार्न १५१ सदस्य रहेको इ श्रेष्ठको संयोजकत्वमा गठन भएको महायज्ञ आयोजक मूल समारोह समितिले आगामी वैशाख १९ गते शुक्रबारदेखि वैशाख २६ गतेसम्म श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गर्न लागेको उनले बताए । 

महायज्ञबाट कूल दुई करोड ५० लाख रकम सङ्कलन गर्ने लक्ष्य राखेको बताउँदै उनले महायज्ञ सम्पन्न भएपछि सङ्कलित रकमबाट आउँदो एक वर्षभित्र मन्दिरका सबै संरचना निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको पत्रकार सम्मेलनमा जानकारी दिए ।  

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  २ : ०४ बजे

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा

सरकारले आज रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

काठमाडौं– सरकारले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल