शंकर पोखरेलकै अगाडि कर्ण थापाको प्रश्न- दुर्गा प्रसाईंलाई एमाले केन्द्रीय सदस्य बनाउने को हो ? जगमानलाई बोकेर हिँड्ने को हो ? | Khabarhub Khabarhub

शंकर पोखरेलकै अगाडि कर्ण थापाको प्रश्न- दुर्गा प्रसाईंलाई एमाले केन्द्रीय सदस्य बनाउने को हो ? जगमानलाई बोकेर हिँड्ने को हो ?


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो समय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीमाथि प्रश्न उठाइरहेका नेतामध्ये पर्छन् स्थायी कमिटी सदस्य कर्णबहादुर थापा ।

एमालेका पूर्वराष्ट्रपति विद्या भण्डारीलाई ल्याउनुपर्ने पक्षमा देखिएका उनले दुई दिनअघि सुदूरपश्चिमको राजधानी सहर धनगढीमा अहिले राजावादी बनेका दुर्गा प्रसाईं र जगमान गुरूङबारे उपाध्यक्ष युवराजा ज्ञवाली र महासचिव शंकर पोखरेलकैसामु गम्भीर प्रश्न उठाएका छन् ।

कुनै समय अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा देखिइरहने दुर्गा प्रसाईं र एमाले नेतृत्वको सरकारले नै प्रज्ञा प्रतिष्ठानको कुलपति बनाइएका जगमान गुरूङबारे थापाले सार्वजनिक रुपमा प्रश्न उठाएका हुन् ।

एमालेका दुई शीर्ष नेतासहित गरिएको धनगढीको सभामा उनले अध्यक्ष ओलीको नाम नलिई प्रसाईं र गुरुङलाई बोक्ने को हो भनेर सोधे । उनले त्यसरी सोधेपछि कार्यक्रमका उद्घोष एवम् एमालेका प्रदेश सचिव रणबहादुर चन्दले उनलाई चिट थमाएका थिए ।

‘आज राजावादीको नेता को अरे, दुर्गा प्रसाई । दुर्गा प्रसाईंलाई हिजो एमाले केन्द्रीय सदस्य कसले बनायो ?’, उनले सोधे, ‘आज सबैभन्दा बढी एमालेलाई गाली गर्ने को हो ? दुर्गा प्रसाईं । उसको चरित्र नबुझी कसरी एमालेको केन्द्रीय सदस्य बनायौँ ?’

अहिले राजावादी आन्दोलनका समितिका कार्यवहाक संयोजक बनेका जगमान गुरूङलाई प्रज्ञा प्रतिष्ठानमा गरिएको नियुक्तिबारे पनि थापाले प्रश्न उठाए ।

‘जगमान गुरुङलाई प्रज्ञा प्रतिष्ठानको कुलपति हामीले किन बनायौँ ?’, उनले भने, ‘हामीमाझ तमाम बुद्धिजीवी छन्, एकसेएक क्षमता भएका मानिस छन् नियुक्तिका लागि । ती क्षमतावानालई पाखा लगाएर यस्ता मानिसलाई हामीले किन नियुक्ति गर्‍यौँ ? किन नेता बनायौँ ?’

उनले यी दुई व्यक्तिलाई बोक्ने नाममा एमालेले कमोजरी गरेको भन्दै नेतृत्वको आलोचना गरे । ‘हामीले कमजोरी गर्‍यौँ । अब मानिसको क्षमता चिनेर जिम्मेवारी दिनुपर्छ’, उनले थपे ।

थापाले उक्त सम्बोधनका क्रममा राजतन्त्र भनेको विकल्पविहीनताको व्यवस्था भन्दै त्यसलाई अब स्वीकार्न नसकिने पनि बताए । ‘लोकतन्त्र र गणतन्त्रमा विकल्प हुन्छ । यदि एउटा नेताले काम गर्न सकेन भने जनताले विकल्प रोज्न सक्छ । तर राजतन्त्रमा जनताले विकल्प रोज्न पाउँदैन’, उनले भने ।

थापाले यसअघि एमालेले संकटमा परेका बेला सुदूरपश्चिममा ठूला ठूला सभा गरेको भन्दै यस पटक बिहीबार भएको कार्यक्रममा कमजोर जनसहभागिताबारे पनि प्रश्न उठाए ।

‘पार्टीभित्र संकट हुँदा पनि हामीले विशाल विशाल सभा गरेका थियौँ । केपी ‌ओलीलाई पार्टी अध्यक्ष केन्द्रीय सदस्य र संगठित सदस्यबाट निष्कासित गर्दा पनि ठूलो सभा गरेका थियौँ’, उनले भने, ‘सुदूरपश्चिमको पार्टी संगठन निष्क्रिय भएको हुन सक्ला, यसमा ध्यान दिन जरुरी छ । हामीले पार्टीभित्रका समस्या समाधान गर्न सक्न सक्नुपर्छ ।’

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  २ : ३१ बजे

माओवादीले भन्यो : नरसंहारको जिम्मा लिएर प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले प्रधानमन्त्री

जेन–जी आन्दोलनमा दमनबारे मध्यराति बालेनको स्टाटस : प्रधानमन्त्रीलाई दिए ‘आतङ्कवादी’को संज्ञा

काठमाडाैं – जेन–जी समूहले सोमबार गरेको देशव्यापी आन्दोलनमा १९ जनाको

प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न : प्रवक्ता गुरुङ

काठमाडौं – सञ्चार सूचना मन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा

जेनजी समूहको निष्कर्ष : अराजक समूहले आन्दोलनमा घुसपैठ गरे, हामी रोकिँदैनौँ

काठमाडौं – जेनजी समूहले भ्रष्टाचार र बेथितिविरुद्ध थालिएको आन्दोलन मंगलबार

प्रधानमन्त्रीले भने: जेनजीका मागमा सकारात्मक थियौँ, प्रदर्शनमा घुसपैठकै कारण दुःखद घटना भयो

काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार कम्तीमा १९ जनाको